दीपक र सुलभमाथि थप ७ दिन म्याद थपियो, सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने « Khabarhub

दीपक र सुलभमाथि थप ७ दिन म्याद थपियो, सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्टसहितका आरोपितहरूलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले बधुबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको निवेदनमा सुनुवाइ गर्दै दीपक भट्ट र सुलभ अग्रवालविरुद्धको अनुसन्धानका लागि म्याद थप गरेको हो।

अदालतले अनुसन्धान अन्तिम चरणमा पुगेको र बीमा ऐन तथा धितोपत्र ऐनअन्तर्गत जोडिएका कसूरहरूको थप अनुसन्धान, राय प्रतिवेदन तयारी तथा अभियोगपत्र दायर गर्न समय आवश्यक देखिएकाले बुधबारदेखि लागू हुने गरी ७ दिन म्याद थप गरेको जनाएको छ।

उक्त मुद्दामा बुधबार वरिष्ठ अधिवक्ताहरू कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी वराल, लभ कुमार मैनाली, सुरेन्द्र कुमार महतो लगायतले बहस गरेका थिए।

अदालतले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १७(४) अनुसार म्याद थपको आदेश दिएको हो।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ५ : २१ बजे

सञ्चार मन्त्रालयले भन्यो : हचुवाका भरमा भ्रामक सामग्री सार्वजनिक नगर्नू

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समय विभिन्न

सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीका

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण