जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर « Khabarhub

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालतले सुनाएको फैसला उच्च अदालत, पोखराले पनि सदर गरेको छ।

न्यायाधीश अन्जु उप्रेती ढकाल र मेरिना श्रेष्ठको इजलासले कास्की जिल्ला अदालतले यसअघि तोकेको कैद तथा जरिवानालाई कायम राख्दै अधिकारीको पुनरावेदन अस्वीकार गरेको हो ।

यो मुद्दाको जड २०७९ पुस १८ गतेको घटनासँग जोडिएको छ। त्यस दिन वडा कार्यालयमै लक्षित वर्गका बजेट र सीपमूलक तालिमसम्बन्धी छलफलका क्रममा अधिकारीले सोही वडाकी दलित महिला सदस्य मैया नेपालीमाथि जातीय आधारमा अपमानजनक तथा अमानवीय व्यवहार गरेका थिए।

पीडित मैया नेपालीले उक्त घटनापछि जिल्ला अदालत, कास्कीमा मुद्दा दायर गरेकी थिइन्। त्यसपछि २०८० मंसिर ७ गते जिल्ला अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अन्तर्गत अधिकारीलाई चार महिना १५ दिन कैद र ७५ हजार रुपैयाँ जरिवाना तोकेको थियो।

जिल्ला अदालतको उक्त निर्णयविरुद्ध अधिकारी उच्च अदालत पुगेका थिए। तर, उच्च अदालतले पनि सोही फैसला सदर गरेपछि अब उनीसँग सर्वोच्च अदालतमा जाने अन्तिम कानुनी विकल्प मात्र बाँकी रहेको छ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १० : ०२ बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको