रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ « Khabarhub

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको मकै प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले आज रोहिणी गाउँपालिका–२ मैनिहवाबाट ६० क्विन्टल मकैसहित दुईवटा जिप नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा लु१ज ४६१० र लु१ज २९२५ नम्बरको जिपमा लोड गरी लैजाँदै गरेको अवस्थामा मकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गणेश सापकोटाले जानकारी दिए ।

बरामद मकै र गाडीको कूल मूल्य करिब रु २१ लाख ५० हजार आकलन गरिएको छ । घटनामा संलग्न चालक मायादेवी गाउँपालिका–७ का ३३ वर्षीय दिलीप यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति र बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको उनले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १० : २४ बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको