विदेश पठाउने भन्दै ४८ लाख बढी ठगीको आरोपमा तीन जना पक्राउ « Khabarhub

विदेश पठाउने भन्दै ४८ लाख बढी ठगीको आरोपमा तीन जना पक्राउ


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ४८ लाख १३ हजार ७१० रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–२ घर भई हाल काठमाडौँ–१५ डल्लु बस्ने ३२ वर्षीय शक्ति लामा, उदयपुर त्रियुगा नगरपालिका–१० घर भई हाल काठमाडौँ चन्द्रागिरि बस्ने ४९ वर्षीय विष्णु बुढाथोकी तथा काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीया सुस्मिता महर्जन रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनले भने, “लामाले अजरवैजान र फिजी पठाउने भन्दै २६ लाख ६३ हजार ७१० रुपैयाँ, बुढाथोकीले ब्रुनाई पठाउने भन्दै चार लाख ५० हजार रुपैयाँ तथा महर्जनले अष्ट्रिया पठाउने भन्दै १७ लाख रुपैयाँ लिई विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो।”

पक्राउ परेकामध्ये शक्ति लामाको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङबाट बिगो रकम पाँच लाख रुपैयाँ भएको बैङ्किङ कसुर मुद्दामा फरार रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई आज थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रवक्ता कार्कीले बताए।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ६ : १५ बजे

परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको

हिक्मतको अडानपछि गले ओली, कोशीमा कार्कीले नै निरन्तरता पाउने

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा चलिरहेका बेला

भेटनरी अस्पतालका प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

नयाँदिल्ली – भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको

इँटाभट्टाको पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर