‘ओपीडी सेवा नखुम्च्याऔँ, नागरिकलाई आर्थिक बोझ नथपौँ’ : कांग्रेस महामन्त्री पौडेल « Khabarhub

‘ओपीडी सेवा नखुम्च्याऔँ, नागरिकलाई आर्थिक बोझ नथपौँ’ : कांग्रेस महामन्त्री पौडेल


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा बिरामीले सास्ती व्यहोर्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले स्वास्थ्य सेवाको पहुँच खुम्च्याउने नभई विस्तार गर्ने नीति लिन सरकारसँग विशेष अनुरोध गरेका हुन् ।

महामन्त्री पौडेलले सार्वजनिक बिदाका दिन ओपीडी सेवा नपाउँदा आम नागरिकको बिजोग भएको र यसले सर्वसाधारणमाथि थप आर्थिक बोझ थपिदिएको बताएका हुन्। “सरकारी अस्पतालमा मात्र रोकिएको ओपीडी सेवाले एकातिर स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको छ भने अर्कोतिर बिरामीलाई आर्थिक बोझ थपेको छ,” उनले भनेका छन्।

आफ्नो कार्यकालमा सुरु गरिएका सुधारका कामको स्मरण गर्दै उनले अतिरिक्त समय काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता (इन्सेन्टिभ) दिएर बिदाका दिन पनि सेवा सुचारु गर्ने प्रक्रिया अघि बढाइएको उल्लेख गरेका छन्। पौडेलले भनेका छन्, “सरकारी अस्पतालको चापलाई ध्यानमा राखेर ओपीडीलाई दुई सिफ्टमा सञ्चालन मार्फत सेवाको समय बढाउने कामको सुरुवात हामीले गरेका थियौँ।”

अस्पतालहरूमा जनशक्ति अभाव पूर्ति गर्न २ हजार ५ सय नयाँ स्वास्थ्यकर्मी थप्ने प्रक्रियालाई आफूले अन्तिम चरणमा पुर्‍याएको दाबी गर्दै उनले ती सुधारका योजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिए। “स्वास्थ्यजस्तो संवेदनशील विषयमा नागरिकलाई सेवाबाट वञ्चित गर्ने होइन, यसलाई अझ बढी विस्तार गर्ने नीति आवश्यक छ,” पौडेलले भने।

आम नागरिकलाई सहज, सरल र गुणस्तरीय सेवा उपलब्ध गराएर मात्र समग्र स्वास्थ्य प्रणालीलाई नागरिकमुखी बनाउन सकिने उहाँको तर्क छ। हिजो सुरु भएका सुधारका कामलाई निरन्तरता दिँदै स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन उनले वर्तमान सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ११ : ०० बजे

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित