संविधान संशोधन कार्यदलको दोस्रो बैठक बस्दै « Khabarhub

संविधान संशोधन कार्यदलको दोस्रो बैठक बस्दै


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज  बस्दै छ । प्रधानमन्त्री वालेन्द्र साहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा यो कार्यदल गठन गरिएको थियो ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा विभिन्न राजनीतिक दलबाट प्राप्त लिखित धारणा तथा सुझावका आधारमा पहिचान गरिएका संविधान संशोधनका प्रमुख मुद्दाहरूमा छलफल हुने  छ। साथै, कार्यदलको आगामी कामकारबाहीका लागि प्रस्तावित कार्ययोजनामाथि समेत विस्तृत विचारविमर्श गरिनेछ।

कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य छन् । एमालेबाट संविधान सभाका सदस्य एवं डा. भीष्मनाथ अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट श्यामबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट संविधान सभाका सदस्य एवं पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट लगायतको उपस्थिति हुने देखिन्छ ।

श्रम संस्कृति पार्टी र नेपाली कांग्रेसका तर्फबाट पनि सदस्यहरू रहन सक्ने बताइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  १२ : ३० बजे

विपद्का घटनामा प्रभावकारी रुपमा काम गर्नेलाई पुरस्कृत गरिने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम

कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने भएको

एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

एजेन्सी– लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

डा.दिपक मल्लले औँल्याएका सुगर बढ्नुका ७ कारण 

काठमाडौं– सुगर रोग विशेषज्ञ डा. दिपक मल्लले मधुमेह नियन्त्रणमा समस्या

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर