नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की « Khabarhub

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा खटिनु प्रहरीको मूल दायित्व भएको स्पष्ट पारेका छन्  । 

उनले प्रहरी सङ्गठन नागरिककै सेवामा समर्पित रहेको उल्लेख गर्दै जुनसुकै परिस्थितिमा पनि नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइने बताए । 

आज काठमाडौँको नयाँ बसपार्कस्थित ट्राफिक प्रहरी वृत्तको पुनः निर्मित कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी भई क्षति पुगेको उक्त भवन नागरिककै सहयोगमा पुनः निर्माण गरिएको जानकारी दिए ।

महानिरीक्षक कार्कीले घरबाट सुरक्षित रूपमा बाहिरिएको व्यक्ति साँझ पुनः सुरक्षित घर फर्किन सकोस् भन्ने सुनिश्चित गर्न प्रहरी निरन्तर खटिएको बताए । ‘हामी नागरिकका सेवक हौँ, नागरिकलाई जुनसुकै बेला आवश्यक पर्ने सहयोग तथा सेवा प्रदान गर्नु हाम्रो दायित्व हो,’ उनले भने, ‘सोही अनुरूप हामी अहोरात्र खटिरहेका छौँ ।’

उनले आन्दोलनका क्रममा प्रहरीकै बसोबास गर्ने संरचना जलाइएको स्मरण गर्दै त्यसको पुनः निर्माणमा नागरिकस्तरबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । 

‘नागरिकको सेवामा खटिँदा घाममा डढेर कालो भएका प्रहरीको बस्ने ठाउँ नै जल्यो, तर पुनः नागरिककै साथले हामीले घर पायौँ,’ उनले भावुक हुँदै भने, ‘नागरिकले हामीलाई घरदेखि दरबारसम्मको साथ दिएका छन्, योभन्दा ठूलो खुसी अरू केही हुन सक्दैन ।’

उक्त कार्यक्रममा प्रहरीका उच्च पदस्थ अधिकारीहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माणमा सहयोग पुर्‍याउनेहरूलाई कदरपत्र एवं प्रशंसापत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  २ : ५९ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी