डा.दिपक मल्लले औँल्याएका सुगर बढ्नुका ७ कारण  « Khabarhub

डा.दिपक मल्लले औँल्याएका सुगर बढ्नुका ७ कारण 


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुगर रोग विशेषज्ञ डा. दिपक मल्लले मधुमेह नियन्त्रणमा समस्या देखिनुका सात प्रमुख कारण औँल्याउँदै प्रत्येक पक्षमा ध्यान दिन आवश्यक रहेको बताएका छन् । उनका अनुसार यी कारणहरूलाई समयमै सुधार्न सके सुगरलाई प्रभावकारी रूपमा नियन्त्रणमा राख्न सकिन्छ ।

१. व्यायाम तथा शारीरिक गतिविधिको कमी
शारीरिक गतिविधि कम हुँदा शरीरले ग्लुकोज प्रयोग गर्न सक्दैन, जसले रगतमा चिनीको मात्रा बढाउँछ ।

२. राम्रो तथा पर्याप्त निद्राको अभाव
निद्रा नपुग्दा हर्मोन असन्तुलन भई इन्सुलिनको प्रभावकारिता घट्छ, जसले सुगर बढाउँछ ।

३. खानपानमा नियन्त्रण नहुनु
चिनी र कार्बोहाइड्रेट बढी भएको खाना सेवन गर्दा रगतमा ग्लुकोजको स्तर छिटो बढ्छ ।

४. नियमित व्यायाम नगर्नु
व्यायामलाई निरन्तरता नदिँदा शरीरको मेटाबोलिज्म कमजोर भई सुगर नियन्त्रणमा समस्या हुन्छ ।

५. मानसिक तनाव हुनु
तनावका कारण शरीरमा स्ट्रेस हर्मोन बढ्छ, जसले रगतमा चिनीको मात्रा बढाउने काम गर्छ ।

६. औषधि नमिलेको जस्तो लाग्नु
उपयुक्त औषधि वा सही मात्रा नहुँदा अपेक्षित रूपमा सुगर नियन्त्रण हुन सक्दैन ।

७. नियमित फलोअपमा नहुनु
समय–समयमा जाँच नगर्दा रोगको अवस्था बुझ्न कठिन हुन्छ र उपचारमा ढिलाइ हुन्छ ।

डा.मल्लका अनुसार मधुमेह व्यवस्थापनका लागि सन्तुलित जीवनशैली, चिकित्सकीय सल्लाहको पालना र नियमित अनुगमन अत्यन्तै आवश्यक हुन्छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ३ : ३६ बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले