डा.दिपक मल्लले औँल्याएका सुगर बढ्नुका ७ कारण  « Khabarhub

डा.दिपक मल्लले औँल्याएका सुगर बढ्नुका ७ कारण 


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुगर रोग विशेषज्ञ डा. दिपक मल्लले मधुमेह नियन्त्रणमा समस्या देखिनुका सात प्रमुख कारण औँल्याउँदै प्रत्येक पक्षमा ध्यान दिन आवश्यक रहेको बताएका छन् । उनका अनुसार यी कारणहरूलाई समयमै सुधार्न सके सुगरलाई प्रभावकारी रूपमा नियन्त्रणमा राख्न सकिन्छ ।

१. व्यायाम तथा शारीरिक गतिविधिको कमी
शारीरिक गतिविधि कम हुँदा शरीरले ग्लुकोज प्रयोग गर्न सक्दैन, जसले रगतमा चिनीको मात्रा बढाउँछ ।

२. राम्रो तथा पर्याप्त निद्राको अभाव
निद्रा नपुग्दा हर्मोन असन्तुलन भई इन्सुलिनको प्रभावकारिता घट्छ, जसले सुगर बढाउँछ ।

३. खानपानमा नियन्त्रण नहुनु
चिनी र कार्बोहाइड्रेट बढी भएको खाना सेवन गर्दा रगतमा ग्लुकोजको स्तर छिटो बढ्छ ।

४. नियमित व्यायाम नगर्नु
व्यायामलाई निरन्तरता नदिँदा शरीरको मेटाबोलिज्म कमजोर भई सुगर नियन्त्रणमा समस्या हुन्छ ।

५. मानसिक तनाव हुनु
तनावका कारण शरीरमा स्ट्रेस हर्मोन बढ्छ, जसले रगतमा चिनीको मात्रा बढाउने काम गर्छ ।

६. औषधि नमिलेको जस्तो लाग्नु
उपयुक्त औषधि वा सही मात्रा नहुँदा अपेक्षित रूपमा सुगर नियन्त्रण हुन सक्दैन ।

७. नियमित फलोअपमा नहुनु
समय–समयमा जाँच नगर्दा रोगको अवस्था बुझ्न कठिन हुन्छ र उपचारमा ढिलाइ हुन्छ ।

डा.मल्लका अनुसार मधुमेह व्यवस्थापनका लागि सन्तुलित जीवनशैली, चिकित्सकीय सल्लाहको पालना र नियमित अनुगमन अत्यन्तै आवश्यक हुन्छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ३ : ३६ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह