प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र « Khabarhub

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहलाई द्वन्द्वपीडित समुदायले  खुला आह्वान पत्रमार्फत सङ्क्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनमाग गरेका छन् ।
     
प्रधानमन्त्री शाहलाई द्वन्द्वपीडित समुदायकातर्फबाट ४० वटा संस्थाले पठाएको खुलापत्रमा सङ्क्रमणकालीन न्याय प्रक्रियामा विश्वसनीयता पुनःस्थापित गरी तार्किक निष्कर्षमा पुर्‍याउन माग गरिएको छ ।

सो पत्रमा पीडितहरूको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गरी ऐतिहासिक जिम्मेवारीलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने विश्वास गर्दै झण्डै दुई तिहाइ समर्थन प्राप्त सरकारप्रति आशावादी भएको उल्लेख छ ।
     
‘संसद्मा झण्डै दुई तिहाइ समर्थनसहित मुलुकको शक्तिशाली कार्यकारी प्रमुखको गहन जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नु भएकामा द्वन्द्वपीडित समुदायकातर्फबाट तपाईँलाई हार्दिक बधाई व्यक्त गर्दछौँ’, खुलापत्रमा भनिएको छ, ‘तपाईँको नेतृत्वमा रहेको सरकारले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सही दिशामा अघि बढाउने पर्याप्त क्षमता, इच्छाशक्ति र नैतिक आधार राख्दछ भन्नेमा हाम्रो दृढ विश्वास छ ।’
     
पत्रमा सरकारले अघि सारेको राष्ट्रिय प्रतिबद्धता मस्यौदा तथा १०० बुँदे शासकीय कार्यसूचीमा सङ्क्रमणकालीन न्याय प्रक्रिया नसमेटिएको जनाइएको छ । 
 
पत्रमा छ बुँदे माग राखिएको छ । ती मागमा सङ्क्रमणकालीन न्यायलाई राष्ट्रिय प्रतिबद्धता पत्रको महत्त्वपूर्ण बुँदाका रूपमा समेट्ने, वर्तमान आयोगको वैधतासम्बन्धी प्रश्न समाधान गर्न कानुन संशोधनलगायत उपयुक्त प्रक्रिया अपनाई आयुक्तहरूको बहिर्गमन सुनिश्चित गर्ने, त्यसपछि हुने आयुक्त नियुक्ति प्रक्रिया पूर्णतः पारदर्शी, प्रतिस्पर्धात्मक र पीडितमैत्री बनाई पीडित केन्द्रित कार्य प्रणाली अपनाउने रहेको छ ।

द्वन्द्वपीडित साझा चौतारीका  संस्थापक अध्यक्ष सुमन अधिकारीले दुई दशकदेखि अल्झाइएको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्नका लागि ठोस पहल गरी विश्वसनीय कदम चल्न र सरकारको प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ४ : ४५ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित