‘आगामी बजेटमा प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा’ « Khabarhub

‘आगामी बजेटमा प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा’


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा प्रदेशका गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ । सरकारले आगामी आवमा योजना छनोटका गर्दा गौरव र बहुवर्षीय आयोजनालाई स्पष्ट प्राथमिकतामा राख्दै बजेट निर्धारण गरिने जनाएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा रहने, अधुरा आयोजना सम्पन्न गर्नु दोस्रो प्राथमिकता र त्यसपछि मात्रै नयाँ आयोजना समावेश गरिने बताए  ।  

उनले प्रदेशको वास्तविक आर्थिक अवस्थाभन्दा बजेट नबनाउने प्रतिबद्धता दोहोर्‍याउँदै यथार्थपरक बजेट निर्माणमा जोड दिए । हाल करिब रु छ अर्ब हाराहारीमा रहेको राजस्वलाई आगामी आवमा साढे रु छ अर्बसम्म पुर्‍याउने प्रक्षेपण गरिएको जानकारी दिए । 

मुख्यमन्त्री आचार्यले विगतका कमजोरीबाट शिक्षा लिएर सुधार गर्दै अघि बढ्ने उल्लेख गर्दै बजेट आवश्यकता र औचित्यका आधारमा निर्माण गरिने बताए । 

जिल्ला समन्वय समितिलाई अनुगमनसँग जोड्न ऐन संशोधन गरिएको र स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई अनुगमनमा सहभागी गराउने तयारी भइरहेको उनले जानकारी दिए  ।

संविधानले निर्दिष्ट गरेको अधिकार क्षेत्रभित्र तीनै तहका सरकार स्वतन्त्र रूपमा अघि बढ्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए  । तीन तहका सरकार कसैका इकाइ नभई आफ्नै अधिकारसहित स्वायत्त रहेको उनको भनाइ छ । 

लुम्बिनी प्रदेशले विगतको तुलनामा राजस्व सङ्कलनमा सुधार गर्दै गएको उल्लेख गर्दै उनले बागमती प्रदेशपछि राजस्व सङ्कलनमा लुम्बिनी अग्रस्थानमा रहेको जानकारी दिए ।
 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ५ : २० बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित