शुरु भयो ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ « Khabarhub

शुरु भयो ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– ‘तराई पहाड हिमालको उत्सव’ नाराका साथ आजदेखि वीरगञ्जमा ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ आजदेखि शुरु भएको छ । कार्यक्रमको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ।

कार्तिक २३ गतेसम्म चल्ने महोत्सवमा भारतीय अभिनेता गोविन्दाको पनि उपस्थिति छ । वीरगञ्जमा नेपाली कलाकारको पनि बाक्लो उपस्थिति छ । सम्भवतः कुनै पनि महोत्सवमा कलाकारको यति ठूलो सहभागिता हुनु यो पहिलो हो ।

३ दिनसम्म चल्ने महोत्सवमा चर्चित कलाकारहरुको उपस्थिति रहेको छ । महोत्सवमा नीर शाह, झरना थापा, दीपकराज गिरी, बसुन्धरा भुसाल, भुवन चन्द, सुनील थापा, वर्षा शिवाकोटी, विराज भट्ट, सरोज खनाल, निकिता चण्डक, निरुता सिंह लगायत कैयन् कलाकारको उपस्थिति छ ।

महोत्सवको पहिलो दिन कलाकारले वीरगञ्ज बजारमा प्रभात फेरी गरेका थिए । नेपाल चलचित्र निर्माता संघको मूल आयोजनामा भएको यो कार्यक्रममा सञ्चारमन्त्री गोकुल बाँस्कोटा तथा प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार लगायतको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ४ : ३३ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत