बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान « Khabarhub

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गलकोट– दिगो पर्यटन प्रवर्द्धन परियोजनाले  निसीखोला र ढोरपाटनमा १८ घरबास स्थापना र स्तरोन्नतिका लागि रु ४५ लाख अनुदान दिएको छ। 

ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकाको पाखाथर सामुदायिक घरबास विस्तार गर्न र निसीखोला गाउँपालिकाको बुढाथोक गाउँको बुढाथोक नाखा सामुदायिक घरबास सञ्चालन गर्न दुई लाख ५० हजारका दरले अनुदान रकम प्रदान गरिएको हो । 

युवा उद्यमशीलता वृद्धि, महिलालाई आत्मनिर्भर बनाउने र व्यवस्थित रुपमा पर्यटकमैत्री घरबास सञ्चालन गर्न अनुदान दिइएको परियोजनाका प्रमुख अमर थापाले बताए । 

ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० घरबास व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने योजनाअनुसार अहिले निसीखोलाको चार घरमा बुढाथोक नाखा सामुदायिक घरबास र ढोरपाटन नगरपालिकास्थित पाखाथर सामुदायिक घरबासस्थित १४ घरलाई घरबास सञ्चालनका लागि अनुदान दिइएको उनले बताए। 
 

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ९ : ३६ बजे

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज