धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या « Khabarhub

धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा लगाइएको चैते धानमा गवाँरोको समस्या देखिएको छ । पूर्वी चितवनको खैरहनी र भरतपुर महानगरपालिकामा लगाइएको धानमा गवाँरोको समस्या देखिएको हो ।

जिल्ला कृषि विकास कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार पुतली वर्गको किरा भएकाले वयस्क अवस्थामा विभिन्न प्रकारका पुतलीको रुपमा देखिने गर्दछ । 

यिनीहरू बिरुवाको डाँठभित्र रहने हुँदा लार्भाले गुवो खाई नोक्सान पुर्‍याउने गर्छन् । धानमा लार्भाले डाँठमा प्वाल परेर गुवो खाने गर्छन् । सुरुआतको अवस्थामा गुवो तान्दा सजिलै आउँछ । पछिल्लो चरणमा गवाँरोले गुवो खाँदा सेतो बाला वा फोस्रो बाला देखिने उनले बताइन् ।

यसबाट वालिलाई बचाउनका लागि धान काट्दा सकेसम्म जमिनको सतह छुनेगरी काट्ने, ठूटा डुब्नेगरी एक हप्तासम्म पानी जमाउने, धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो तीनदेखि पाँच सेमी चुँडेर नष्ट गर्ने, माकुरा, लामासिङ्गे फट्याङ्ग्राजस्ता मित्रजीवको संरक्षण गर्नेजस्ता काम गर्न आवश्यक रहेको सूचना अधिकारी पौडेलले बताइन् । 

यस्तै प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरी मार्ने, धानखेतको आलीमा भटमास लगाउनेजस्ता काम गरे राम्रो हुने उनले जानकारी दिइन्।

जिल्लामा यस वर्ष नौ हजार १९३ हेक्टरलमा चैते धान लगाइएको छ । उनले पौडेलले भनिन्, ‘धान रोपेको सुरुआती अवस्थामा नै गवाँरोले आक्रमण गरेपछि उत्पादन घट्न सक्छ । किसानले प्राविधिकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ ।’
 
यस्तै जिल्लामा लगाइएको हिउँदे मकैमा अमेरिकन फौजीकिराको प्रकोप देखिएको छ । भरतपुर महानगरपालिका, माडी नगरपालिका र खैरहनी नगरपालिका क्षेत्रमा लगाइएको मकैमा यो किराको सङ्क्रमण देखिएको सूचना अधिकारी पौडेलले बताइन् । 

यो किरा मकै बालीमा लाग्ने पुतली वर्गको रात्रीचर किरा हो । यसले सुरुआतमा मकैको पात खान्छ । उहाँका अनुसार लार्भा आफैँले बनाएको रेसा र हावाको मद्दतले अन्य बोटमा फैलिने गर्दछ । कलिलो अवस्थामा मकैको गुभोभित्र पसेर खाने गर्दछ । बोट बढ्दै जाँदा पातमा स–साना प्वाल देखिन्छन् । 

बिरुवा हुर्कँदै जाँदा मकैको धान चमरा, जुङ्गा र घोगामा समेत यसले नोक्सान गर्छ । यसको रोकथामका लागि मकै उम्रेदेखि नियमित अनुगमन गरी कीराको उपस्थिति र सम्भावित क्षतिको आकलन गर्ने, मकैको घोगामा समेत नोक्सान गर्नसक्ने भएकाले खोस्टाले पूरा घोगा छोपिने जातको मकै लगाउने, एउटा पकेट क्षेत्रमा एकै समयमा मकै रोप्ने तथा समस्या देखिएमा प्राविधिकको सल्लाहअनुसार औषधिको प्रयोग गर्नुपर्छ । जिल्लामा १७ हजार ८३३ हेक्टरमा मकैखेती गरिएको छ । रासस

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  १ : ०७ बजे

नेपाल भानुआटुसँग पराजित

काठमाडौं- आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग पराजित भएको

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती