सुकुम्वासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न एमालेको आग्रह « Khabarhub

सुकुम्वासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न एमालेको आग्रह


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)ले सुकुम्वासी बस्तीहरू हटाउँदा नेपालको संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकार एवं मानवताको आधारभूत मूल्यको सम्मान गर्न आग्रह गरेको छ । 

सामाजिक न्यायका सिद्धान्त तथा अन्तरराष्ट्रिय मानवअधिकारका आधारभूत मान्यताहरूको पालना गरेर गरिब, विपन्न तथा सुकुम्वासी समुदायमाथि सम्मानजनक व्यवहार गर्न सो पार्टीले आग्रह गरेको हो ।

एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीद्वारा आज जारी विज्ञप्तिमा सुकुम्वासी समस्या सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिसँग गाँसिएको जटिल विषय भएकाले यसलाई न्यायोचित र दीर्घकालीन समाधानका लागि विगतमा राष्ट्रिय भूमि आयोगको गठन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन, नापजाँच र जग्गा वितरण प्रक्रिया अगाडि बढाइएको स्मरण गराइएको छ ।

‘जबरजस्ती विस्थापन अन्तिम विकल्प हुन सक्दैन । प्रभावित व्यक्ति र परिवारसँग पूर्वपरामर्श, वैकल्पिक आवासको सुनिश्चितता, क्षतिपूर्ति, पुनर्वास तथा पुनर्स्थापना, बालबालिका, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका संवेदनशील समुदायको विशेष संरक्षण गर्नु सरकारको प्रमुख दायित्वभित्र पर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 
 

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ३ : ३० बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,