नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन « Khabarhub

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण चुहावट गरेको भन्ने आरोपलाई आधारहीन र प्रमाणविहीन भन्दै खण्डन गरेको छ । केही दिनयता सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलिएको यस्तो प्रचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकका अनुसार यस्ता भ्रामक सूचनाले बैंकिङ सेवाप्रतिको जनविश्वासमा असर पार्ने प्रयास भएको देखिन्छ ।

 वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित ‘गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरू’ शीर्षकको समाचारमा ‘अनुसन्धानरत निकायबाट प्राप्त बैंकिङ कारोबारको विवरण’ उल्लेख गरिएको बैंकले स्मरण गराएको छ । उक्त समाचारमा विभिन्न बैंक तथा वित्तीय संस्थाका कारोबार विवरण समेटिएको तथ्यलाई नजरअन्दाज गर्दै केही व्यक्तिले बैंकविरुद्ध दुष्प्रचार गरेको बैंकको भनाइ छ।

ग्राहकको कुनै पनि सूचना वा कारोबार विवरण ग्राहक स्वयं, आधिकारिक प्रतिनिधि वा कानुनी प्रक्रिया अनुसार माग गर्ने नियामक तथा अनुसन्धानकारी निकाय बाहेक अन्य कसैलाई उपलब्ध नगराइएको र नगराइने पनि बैंकले स्पष्ट पारेको छ ।

त्यस्तै, बैंकले आफ्नो कोर बैंकिङ प्रणालीमा ग्राहक विवरण कसले, कहिले र कुन प्रयोजनका लागि पहुँच गरेको हो भन्ने सम्पूर्ण विवरण सुरक्षित रूपमा अभिलेख रहने जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ४ : ०३ बजे

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल