कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित « Khabarhub

कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार लागि तय भएको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । 

सहमति खोज्नका लागि भन्दै कांग्रेस कार्यसम्पादन समितिले कार्यदल गठन गरेपछि तत्कालका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।

कार्य सम्पादन समितिको बैठकले निर्देशन गरेअनुसार उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेका साथै निर्वाचन समितिको समेत संयोजन रहने गरी शनिबार साँझ सम्म सर्वसम्मत रुपमा दलका नेता चयन गर्न समिति गठन गरिएको उनले बताए । 

सहमतिका लागि पार्टी सभापतिले अन्य नेताहरूसँग समेत छलफल गर्ने उनको भनाइ छ । उनले सकेसम्म सहमति नै दलको नेता चयन गर्ने र नभए पुनः प्रक्रिया सुरु हुने समेत उल्लेख गरे । 

रसाइलीले संसद्मा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरू समेत राखेर संसद् समन्वय बोर्ड गठन गर्ने, संसदीय मामिला अध्ययन तथा अनुसन्धान इकाई निर्धारण गर्ने लगायतका व्यवस्थासहित दलको नयाँ विधान पारित भएको जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ४ : ४३ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता