सेनाको चेतावनी : भ्रामक सूचना फैल्याउनेलाई कारबाही हुन्छ, निगरानी भइरहेको छ « Khabarhub

सेनाको चेतावनी : भ्रामक सूचना फैल्याउनेलाई कारबाही हुन्छ, निगरानी भइरहेको छ


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले हालै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सेनासम्बन्धी प्रसारित भइरहेका सूचना र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार जारी गरेको प्रेस नोटमा यस्ता कपोकल्पित सामग्रीहरूले आमनागरिकमा भ्रम सिर्जना गर्ने भएकाले भ्रामक सूचना प्रसारण नगर्न र नगराउन आग्रह गरिएको छ।

सेनाले यस्ता उच्छृङ्खल तथा अराजक गतिविधिहरूको निरन्तर निगरानी भइरहेको उल्लेख गर्दै गलत सूचना फैल्याउने व्यक्तिहरू प्रचलित कानुनअनुसार कारबाहीको दायरामा आउने चेतावनी दिएको छ।

यसका साथै आमनागरिकलाई आधारहीन र द्वेषपूर्ण समाचार तथा टिप्पणीमा विश्वास नगर्न आग्रह गर्दै आधिकारिक जानकारीका लागि आधिकारिक विज्ञप्ति, सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत् आउने सूचनामात्र अनुसरण गर्न भनिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ४ : ५७ बजे

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा