पूर्ण खोप अभियान सुरु : १५ महिनासम्मका बालबालिकालाई १३ रोगविरुद्ध निःशुल्क खोप « Khabarhub

पूर्ण खोप अभियान सुरु : १५ महिनासम्मका बालबालिकालाई १३ रोगविरुद्ध निःशुल्क खोप


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व खोप सप्ताहको अवसर पारेर ‘पूर्ण खोपः सुरक्षित भविष्य’ भन्ने नारासहित देशभर सचेतना अभियान सञ्चालन गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार वैशाख ११ देखि १७ गतेसम्म विश्व खोप सप्ताह मनाइँदै छ । अभियानमार्फत जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ प्रकारका रोगविरुद्धका खोप निःशुल्क उपलब्ध गराइने जानकारी दिइएको छ ।

सरकारले देशभरका स्वास्थ्य संस्थामार्फत नियमित खोप सेवा विस्तार गर्दै बालबालिकालाई पूर्ण खोप सुनिश्चित गर्न विशेष जोड दिएको छ । मन्त्रालयका अनुसार खोप कार्यक्रमले बालमृत्युदर घटाउन तथा संक्रामक रोगको जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

अभियान अवधिमा अभिभावकलाई आफ्ना बालबालिकालाई समयमै खोप लगाउन आग्रह गरिएको छ । साथै, खोप सुरक्षित र प्रभावकारी भएको सन्देश प्रवाह गर्दै भ्रम र हिचकिचाहट हटाउन स्वास्थ्यकर्मी तथा सञ्चारमाध्यमको सक्रिय भूमिका आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पूर्ण खोप सुनिश्चित गर्नु सुरक्षित र स्वस्थ भविष्यका लागि अपरिहार्य भएको उल्लेख गर्दै सबै सरोकारवालालाई अभियानमा साथ दिन आह्वान गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ६ : ३३ बजे

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब