नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ महिनाका सैन्य तालिम सम्पन्न गरेका ९६ जना सिपाहीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सूर्यविनायकस्थित ब्यारेकमा आयोजना गरिएको दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा ९६ सैन्यलाई सिनं १ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि सुनिलसिंह राठौडले नेपाली सेनाको सैनिक पदको दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

कार्यक्रममा उहाँले तालिमप्राप्त सिपाहीहरूले प्रदर्शन गरेको दलेल कवाज अवलोकन गरे । उनले तालिममा सर्वोत्कृष्ट र उत्कृष्ट सैनिकलाई पुरस्कार प्रदान गरे ।

उनले देश, जनता, राष्ट्र, राष्ट्रियताको रक्षाका लागि आफ्नो ज्यानको बाजी राखेर भए पनि सधैँ कटिबद्ध भएर लाग्न निर्देशन दिए । राष्ट्र, राष्ट्रियतालाई आफ्नो शिरमा राखेर देशप्रति बफादार भएर लाग्न निर्देशन दिए ।

कार्यक्रममा रणशेर गण सूर्यविनायक ब्यारेकका गणपति नीरजप्रताप जबराले नयाँ भर्ना भई यसै ब्यारेकमा नौ महनाको तालिम सम्पन्न गरी आजबाट नेपाली सैनिक जवानको रूपमा देश र जनताको रक्षाका लागि सदैव लाग्न आग्रह गरे ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ९ : ०९ बजे

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई