पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन « Khabarhub

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको उल्लेख गर्दै पदको धाक र रवाफ देखाउने जनप्रतिनिधिलाई कडा कारबाही हुनुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ओखलढुंगाबाट विजयी सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकलाई ‘गेटमा स्वागत गर्न नआएको’ भन्दै थर्काएको भिडियो सार्वजनिक भएपछि पुनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।

सांसद पोखरेलको व्यवहारप्रति कडा आपत्ति जनाउँदै पुनले लेखेका छन्, ‘यिनी कुन पार्टीका हुन् कुन्नी ? म यिनको नेता भएको भए ठाउँको ठाउँ बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ।’

उनले सांसद पदको गरिमालाई बुझ्न आग्रह समेत गरेका छन् । उनले थपेका छन्– ‘सांसद भनेको जनताको नोकर हो। एउटा सांसदले आफ्नो क्षेत्रका जनताले अह्राएको काम गर्नुपर्छ र ५ वर्षसम्म आफ्नो समय, बल र बुद्धि जनताको सेवामा लगाउनुपर्छ।’

बाटोमा स्वागत नगरेकै भरमा विद्यालयका प्रधानाध्यापकमाथि सार्वजनिक रूपमै रवाफ देखाउनुले सांसद पदकै बेइज्जत भएको पुनको ठहर छ । उनले यस विषयमा सम्बन्धित सांसदले आफ्नो अभद्र व्यवहारका लागि सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने बताएका छन् । यस्तै उनले माफी नमाग्ने हो भने जनताले त्यस्ता जनप्रतिनिधिलाई फिर्ता बोलाउनुपर्ने धारणा राखेका छन् ।

अहिले पनि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेको छ । जसमा सांसद पोखरेलले आफूलाई स्वागत गर्न नआएको भन्दै प्रधानाध्यापकलाई हप्काइरहेको देखिन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  १२ : २८ बजे

गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने अभियानअन्तर्गत तीनकुने–गैरीगाउँ क्षेत्रमा पनि डोजर

यूएईले गुमायो पाचौँ विकेट, सोमपालको बलमा अक्षदीप आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र

गोरखा भूकम्पको ११ वर्षपछि पनि दलित बस्ती कष्टमै : त्रिपालमुनि जीवन, घर निर्माण अझै अलपत्र

गोरखा– २०७२ सालको विनाशकारी भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि

मध्यपूर्व सङ्कट समाधानतर्फ अन्तर्राष्ट्रिय प्रयास तीव्र

निकोसिया– युरोपेली सङ्घका नेताहरूले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वप्रति गहिरो चिन्ता

चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत– जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु