ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द « Khabarhub

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

अन्योलमा इरानसँगको वार्ता


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका विषयमा छलफल गर्न पाकिस्तान जाने तयारीमा रहेको अमेरिकी विशेष टोलीको भ्रमण अन्तिम समयमा रद्द गरिदिएका छन्। इरानी प्रतिनिधिमण्डल इस्लामावादबाट बाहिरिए लगत्तै ट्रम्पले शनिबार यस्तो निर्णय गरेका हुन्।

विशेष दूत स्टिभ विट्कोफ र ज्वाइँ जारेड कुश्नर पाकिस्तान पठाउनु “समयको बर्बादी” मात्र हुने ट्रम्पले टिप्पणी गरेका छन्। उनको भनाइ उद्धत गर्दै बिबिसीले लेखेको छ, “यदि इरान वार्ता गर्न चाहन्छ भने उनीहरूले मात्र एक कल गरे पुग्छ।”

यसअघि इरानी विदेशमन्त्री अब्बास अराक्चीले मध्यस्थकर्ता पाकिस्तानसँग वार्ता गरेका थिए। वार्तापछि उनले इरानले युद्ध अन्त्यका लागि आफ्नो धारणा स्पष्ट राखेको बताउँदै अमेरिका कूटनीतिमा ‘साच्चै गम्भीर’ छ कि छैन भन्ने कुरा अझै प्रस्ट नभएको प्रतिक्रिया दिएका थिए।

अप्रिल २२ मा सकिन लागेको युद्धविरामलाई ट्रम्पले वार्ताका लागि थप समय दिने भन्दै लम्ब्याए पनि कूटनीतिक प्रयास भने अहिले ठप्प भएका छन्।

गत फेब्रुअरीदेखि अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि इरानले विश्वको कुल तेल आपूर्तिको झण्डै पाँच भागको एक भाग ओगट्ने ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध पुर्‍याउँदै आएको छ। इरानको आणविक महत्त्वाकांक्षा र यस जलमार्गमा भइरहेको तनावका कारण दुवै पक्षबीच गतिरोध कायमै छ।

अमेरिकाले इरानी तेल निर्यात रोक्न उक्त क्षेत्रमा आफ्नो नौसैनिक उपस्थिति समेत बढाएको छ। ह्वाइट हाउसले शुक्रबार इरान वार्ताका लागि इच्छुक रहेको बताए पनि इरानले भने प्रत्यक्ष भेटघाटको कुनै योजना नरहेको स्पष्ट पारेको थियो।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ६ : ३८ बजे

लगानी बोर्डको कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङ्की उक्यावलाई

जापानप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल– जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले

हर्क साम्पाङको चेतावनी : गीत गाउन नआउनेलाई पार्टीबाट निकालिदिन्छु

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना अनेक उटाङ्‍गे

उद्योगमन्त्री यादवको निर्देशनपछि एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन