ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ « Khabarhub

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी ‘ह्वाइट हाउस डिनर’ समारोहमा तनाव भएको छ । सुरक्षा खतरा उत्पन्न भएपछि ट्रम्पलाई तत्काल सुरक्षित स्थानतर्फ लगिएको छ। राष्ट्रपति ट्रम्पलाई मञ्चबाट हतार-हतार बाहिर निकालिए लगत्तै सुरक्षा निकायले शंकास्पद ‘सुटर’ लाई नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ।

घटनापछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ‘सुटर’ पक्राउ परेको पुष्टि गरेका छन्। वार्षिक रूपमा आयोजना हुने यो प्रतिष्ठित पत्रकार सम्मेलन र रात्रिभोज कार्यक्रममा राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिरहँदा अचानक सुरक्षा अधिकारीले ट्रम्पलाई घेरेर सुरक्षित स्थानतर्फ लगेका थिए।

घटनाका कारण केही समय समारोहस्थलमा अन्योल र त्रासको वातावरण बनेको थियो। सुरक्षाकर्मीहरूले उक्त क्षेत्रलाई तत्कालै घेरा हाली थप अनुसन्धान सुरु गरेका छन्।

अकस्मात शंकास्पद गोली चलेको आवाज सुनिएपछि राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसबाट सुरक्षाकर्मीले सुरक्षित स्थानमा लगेका हुन् । ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र मन्त्रिपरिषद्का सदस्य सुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

तस्बिर बिबिसी

यो घटनापटि ट्रम्पले आक्रमणकारी गिरफ्तार भएको बताएका छन् । ट्रम्पले भनेका छन्, ‘उनीहरूले द्रुत र साहसका साथ काम गरे ।’ आक्रमणकारीलाई पक्राउ गरिएको र कार्यक्रम जारी राख्न सुझाव दिएको छु ।

राष्ट्रपतिले कानून प्रवर्तन निकायको अनुरोधमा आफू ह्वाइट हाउस फर्किरहेको र चाँडै नै पत्रकार सम्मेलन गर्ने बताएका हुन् । ट्रम्पले ३० दिनभित्र रात्रिभोजको तालिका परिवर्तन हुनेसमेत बताएका छन्।

पक्राउ परेका व्यक्तिको पहिचान र उनको उद्देश्यबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ७ : २२ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित