ट्रम्प सहभागी डिनरमा गोली चल्दा युद्धग्रस्त क्षेत्र जस्तै देखियो वासिङ्टन हिल्टन आसपास « Khabarhub

ट्रम्प सहभागी डिनरमा गोली चल्दा युद्धग्रस्त क्षेत्र जस्तै देखियो वासिङ्टन हिल्टन आसपास


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – होटल बाहिरको सडक दर्जनौँ प्रहरी गाडी र सुरक्षा सवारीले भरिएको छ। पुलिसका गाडीले सडक बन्द गरेका छन् भने आकाशमा हेलिकप्टरले गस्ती गरिरहेका छन्। विश्वभरका सञ्चारमाध्यमका प्रतिनिधि होटल बाहिर क्यामरासहित उभिएर घटनाको प्रत्यक्ष प्रसारण गरिरहेका छन्।

भित्र कार्यक्रम चल्दाचल्दै गोली चलेपछि सुरक्षा निकायले हल खाली गराएको थियो। राष्ट्रपति ट्रम्पले आफू सुरक्षित रहेको र सुटर पक्राउ परेको जानकारी दिइसके पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पूरै क्षेत्रलाई अहिले सिल गरिएको छ।

घटनालगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पको मोटरकेड कडा सुरक्षाका बीच ह्वाइट हाउसतर्फ प्रस्थान गरेको छ।

अहिले होटल बाहिरको दृश्य निकै तनावपूर्ण र भावुक देखिएको छ। होटलबाट बाहिरिने क्रममा जताततै ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मीको उपस्थिति छ। होटल बाहिर निषेधित क्षेत्र घोषित गरिएको छ । सर्वसाधारण र सहभागीलाई सुरक्षित दूरीमा राखिएको छ। त्यहाँ भेला भएका मानिसहरू आफ्ना आफन्त र साथीभाइ सुरक्षित भए नभएको सोधखोज गर्दै अंकमाल गरिरहेका छन्।

तस्बिर बिबिसी भिडियो फुटेज

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ७ : ५४ बजे

लगानी बोर्डको कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङ्की उक्यावलाई

जापानप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल– जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले

हर्क साम्पाङको चेतावनी : गीत गाउन नआउनेलाई पार्टीबाट निकालिदिन्छु

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना अनेक उटाङ्‍गे

उद्योगमन्त्री यादवको निर्देशनपछि एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन