ह्वाइट हाउसको ब्रिफिङ रुममा ट्रम्पले पत्रकारलाई दिए धन्यवाद « Khabarhub

ह्वाइट हाउसको ब्रिफिङ रुममा ट्रम्पले पत्रकारलाई दिए धन्यवाद


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस संवाददाता सङ्घलाई विशेष धन्यवाद दिएका छन् । ह्वाइट हाउसस्थित ब्रिफिङ रुममा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा ट्रम्पले सङ्घकी अध्यक्ष वेइजिया जियाङलाई लक्षित गर्दै व्यक्तिगत रूपमा आभार प्रकट गरेका हुन् ।

सङ्घद्वारा वार्षिक रूपमा आयोजना गरिने विशेष कार्यक्रमको सन्दर्भ जोड्दै ट्रम्पले अगाडिको पङ्क्तिमा बसेर प्रश्न सोधिरहेकी जियाङको कार्यको प्रशंसा गरे । ट्रम्पले धन्यवाद दिइरहँदा हलमा उपस्थित करिब एक सय जना पत्रकारले ताली बजाएर त्यसको स्वागत गरेका थिए ।

सो क्रममा ठट्टा गर्दै ट्रम्पले जियाङतर्फ इङ्गित गर्दै भने, “अब उहाँले मलाई कुनै अत्यन्तै कठिन प्रश्न सोध्दै हुनुहुन्छ होला ।” प्रायः सञ्चारमाध्यमसँग आक्रामक रूपमा प्रस्तुत हुने ट्रम्पको यो शैलीलाई ह्वाइट हाउसमा निकै चासोका साथ हेरिएको छ ।

ह्वाइट हाउस संवाददाता सङ्घले हरेक वर्ष आयोजना गर्ने रात्रिभोज र अन्य कार्यक्रममा पत्रकार र प्रशासनबीचको सम्बन्धलाई लिएर चर्चा हुने गर्छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १० : ०९ बजे

सरकारका ७ निर्णय : सुनसरी-सिराहाका पीडितलाई राहत, लगानी बोर्ड, विश्वविद्यालय अनुदान आयोगमा नियुक्ति

काठमाडौं– सरकारले मन्त्रिपरिषद् बैठकबाट विभिन्न प्रशासनिक, कानुनी तथा नीतिगत विषयसँग

लगानी बोर्डको कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङ्की उक्यावलाई

जापानप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल– जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले

हर्क साम्पाङको चेतावनी : गीत गाउन नआउनेलाई पार्टीबाट निकालिदिन्छु

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना अनेक उटाङ्‍गे

उद्योगमन्त्री यादवको निर्देशनपछि एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै