विद्युतीय धरापमा परी ३७ जनाको मृत्यु, ६० घाइते « Khabarhub

विद्युतीय धरापमा परी ३७ जनाको मृत्यु, ६० घाइते


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुर्किना फासो- बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

सुन खानीका मजदुरहरुलाई लिएर आइरहेको सुरक्षाकर्मीहरुको सवारी साधन धरापमा परेकोले मृत्यु हुनेमा सुरक्षाकर्मी र सर्वसाधारण मजदुर रहेका छन् ।

क्षेत्रीय गभर्नर साइडोउ टौसैन्त प्रोस्पर सानौले बुधबार भएको घटनामा परी अरु ६० भन्दा बढी घाइते भएको जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरेर उपचार गराउनका लागि सरकारी सुरक्षाकर्मी तथा स्वयमसेवकहरु तत्कालै परिचालन गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेमिस दान्डजीनौले बताए ।

घटना भएको क्षेत्रमा सुरक्षाकर्मीहरुले अनुसन्धान सुरु गरिसकेको र दोषीको खोजी पनि भइरहेको उनले जानकारी दिए ।

बुर्किना फासोमा आतङ्कवादीहरूको आक्रमणमा सन् २०१५ देखि अहिलेसम्म पाँच सयभन्दा बढीको मृत्यु भएको दावी गरिएको छ । उनीहरूमध्ये दुई सय जना सुरक्षाकर्मी रहेका छन् भने अरु सर्वसाधारण रहेको अधिकारीहरुले जनाएका छन् ।

साथै उनीहरुको आतङ्कबाट त्रसित भएर हजारौँ स्थानीय बासिन्दा विस्थापित भएर अन्यत्र बस्दै आएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ७ : ४६ बजे

आज अपाङ्गता भएकाको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं – अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर १७ गते बुधबार तदनुसार

आज २०८२ साल मंसिर १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १७ गते बुधबार तदनुसार

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा