विद्युतीय धरापमा परी ३७ जनाको मृत्यु, ६० घाइते « Khabarhub

विद्युतीय धरापमा परी ३७ जनाको मृत्यु, ६० घाइते


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुर्किना फासो- बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

सुन खानीका मजदुरहरुलाई लिएर आइरहेको सुरक्षाकर्मीहरुको सवारी साधन धरापमा परेकोले मृत्यु हुनेमा सुरक्षाकर्मी र सर्वसाधारण मजदुर रहेका छन् ।

क्षेत्रीय गभर्नर साइडोउ टौसैन्त प्रोस्पर सानौले बुधबार भएको घटनामा परी अरु ६० भन्दा बढी घाइते भएको जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरेर उपचार गराउनका लागि सरकारी सुरक्षाकर्मी तथा स्वयमसेवकहरु तत्कालै परिचालन गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेमिस दान्डजीनौले बताए ।

घटना भएको क्षेत्रमा सुरक्षाकर्मीहरुले अनुसन्धान सुरु गरिसकेको र दोषीको खोजी पनि भइरहेको उनले जानकारी दिए ।

बुर्किना फासोमा आतङ्कवादीहरूको आक्रमणमा सन् २०१५ देखि अहिलेसम्म पाँच सयभन्दा बढीको मृत्यु भएको दावी गरिएको छ । उनीहरूमध्ये दुई सय जना सुरक्षाकर्मी रहेका छन् भने अरु सर्वसाधारण रहेको अधिकारीहरुले जनाएका छन् ।

साथै उनीहरुको आतङ्कबाट त्रसित भएर हजारौँ स्थानीय बासिन्दा विस्थापित भएर अन्यत्र बस्दै आएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ७ : ४६ बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली