उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो « Khabarhub

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भए पनि किसानले सस्तो मूल्यमा बेच्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । 

मध्यविन्दु नगरपालिका–६ बरुवाका किसान दुर्गाप्रसाद भुर्तेल उत्पादनअनुसार मूल्य नपाउँदा बीचमै व्यवसाय छोड्नुपर्ने अवस्था आएको गुनासो गरे । विगत ३० वर्षदेखि केराखेती सुरु गरेका उनले नौ वर्षयता व्यावसायिक केराखेती गर्दै आएका छन् । 

‘हाल केरा बेच्दा प्रतिकोसा पाँच/छ मात्रै पाइरहेका छौँ । लागत, मेहनत र जोखिम हेर्दा यो मूल्यले त टिक्नै गाह्रो छ’, भुर्तेलले भने, ‘रोग–किरा, हावाहुरी तथा असिनापानीका कारण उत्पादनमा समेत निरन्तर असर परिरहेको छ, जसले लागत झन् बढाएको छ ।’

यस्तै, कावासोती नगरपालिका–१३ की फुलकुमारी महतोले अन्य बालीभन्दा राम्रो आम्दानी हुने अपेक्षासहित चार बिघा जमिनमा केराखेती गर्दै आए पनि उचित मूल्य नपाउँदा निराशा बढ्दै गएको बताइन् । 

‘लाखौँ लगानी गरेर खेती गरेका छौँ, तर सस्तोमा बेच्नुपरेको छ, तर बजारमा भने उपभोक्ताले महँगो तिरिरहेका छन् । बीचमा कसले फाइदा लिएको छ, बुझ्नै गाह्रो छ’, उनले भनिन् । 

कावासोती कृषिउपज थोक बजार व्यवस्थापन समितिका अनुसार आज केराको थोक मूल्य प्रतिदर्जन एक सय ३२ र खुद्रा मूल्य एक सय ५० सम्ममा बिक्री भइरहेको छ । किसानले भने यही केरा प्रतिदर्जन ६० देखि ७२ सम्म मात्र पाउने गरेका छन् । किसान र उपभोक्ताबीचको यो ठूलो मूल्य अन्तरले बजार प्रणालीप्रति नै प्रश्न उठाएको छ ।

बिचौलिया नियन्त्रण, उचित समर्थन मूल्य निर्धारण तथा प्रत्यक्ष बजार पहुँच सुनिश्चित गर्नसके आफूहरूलाई राहत मिल्ने किसान दुर्गाप्रसाद भुर्तेलले बताए । समयमै प्रभावकारी नीति नल्याए केराखेतीप्रति किसानको आकर्षण घट्ने जोखिम रहेको उनले बताए । 

कृषि विकास कार्यालयका सूचना अधिकारी सञ्जय ढकालका अनुसार जिल्लामा हाल पाँच सय ५१ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । उत्पादन बढ्दो क्रममा रहे पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा भने असन्तुलन रहेको उनको भनाइ छ । 
 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ४ : २० बजे

ओमानका सुल्तानसँग वार्तापछि पाकिस्तानतिर इरानी विदेशमन्त्री, इस्लामाबादबाट मस्को जाने

तेहरान– इरानका विदेश मन्त्री अब्बास अरघाची र ओमानका सुल्तान हैथम

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तर्राष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय

स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल

काठमाडौं– सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित

क्रिकेट रंगशाला खाली गर्न क्यानलाई त्रिविको ३५ दिने अल्टिमेट

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो हाताभित्रको क्रिकेट रंगशाला खाली गर्न

शिक्षकलाई झपार्ने सांसद्को ‘प्रधानपञ्च’ शैली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद् विश्वराज पोखरेलले ओखलढुङ्गा जिल्लाको