‘रेल सेवालाई व्यावसायिक बनाउन कार्गो सेवा विस्तार गर्नुपर्छ’ « Khabarhub

‘रेल सेवालाई व्यावसायिक बनाउन कार्गो सेवा विस्तार गर्नुपर्छ’


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेपाल रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले रेल सेवालाई दिगो र व्यावसायिक बनाउन मालवाहक (कार्गो) सेवा अनिवार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । 

आज जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा उनले मुलुकमा रेल्वे सेवा, वर्तमान अवस्था, भविष्यका सम्भावना र आवश्यक सुधारका उपायबारे प्रकाश पार्दै यात्रु ओसारपसार मात्रै नभई मालसामान ढुवानीलाई प्राथमिकतामा राख्नुपर्ने विचार व्यक्त गरे ।

‘रेल सेवालाई आत्मनिर्भर र नाफामुखी बनाउन मालवाहक सेवा विस्तार गर्नु आवश्यक छ’, उनले भने, ‘यसले राजस्व वृद्धि मात्र होइन, समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्नेछ ।’

महानिर्देशक पोखरेलले रेल पूर्वाधार विस्तार, आधुनिक प्रविधिको प्रयोग र सेवा गुणस्तर सुधारमार्फत नेपाल रेल्वेलाई प्रतिस्पर्धी बनाउने योजनामा सरकार अघि बढ्नुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रसँगको सहकार्य, समन्वय र सहलगानीमार्फत सरकार अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

छलफलमा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्रकुमार भण्डारीले रेल सेवाको प्रभावकारी सञ्चालनले मधेस प्रदेशको औद्योगिक र व्यापारिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले स्थानीय उद्योगी-व्यवसायीका आवश्यकताअनुसार सेवा विस्तार गर्नुपर्नेमा जोड दिँदै रेलमार्गलाई व्यापारिक ढुवानीका लागि उपयोगी बनाउने नीति आवश्यक रहेको विचार व्यक्त गरे ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष निर्मल चौधरी, प्रकाशचन्द्र साह, शिवशङ्कर साह, श्यामप्रसाद साहलगायतले रेल सेवाको दिगो विकासका लागि पूर्वाधार सुदृढीकरण, समयतालिका व्यवस्थापन र सेवा विश्वसनीयता बढाउन सुझाव दिएका थिए  । उनहरूले भारतसँगको रेल सञ्जाललाई प्रभावकारी रूपमा उपयोग गर्दै सीमा क्षेत्रको व्यापार प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

कार्यक्रममा सहभागीहरूले नेपाल रेल्वेको समुचित व्यवस्थापन र दीर्घकालीन रणनीतिमार्फत देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सकिने बताए । उनीहरूले रेल सेवा विस्तार भएसँगै धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।
 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ५ : २२ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा