ठेक्का रकम समायोजन वा म्याद थप गर्न निर्माण व्यवसायीको माग « Khabarhub

ठेक्का रकम समायोजन वा म्याद थप गर्न निर्माण व्यवसायीको माग


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका निर्माण व्यवसायीहरूले ठेक्का रकम समायोजन वा म्याद थप गर्न सरकारसँग माग गरेका छन् ।  

मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीको मूल्यमा भएको तीव्र भएपछि काम गर्न कठिन भएको भन्दै उनीहरुले ठेक्का रकम समायोजन वा म्याद थप गर्न माग गरेका हुन् । 

निर्माण व्यवसायी महासंघ, कोशी प्रदेशले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै हालको मूल्यवृद्धिका कारण निर्माण कार्यलाई निरन्तरता दिन गम्भीर कठिनाइ भइरहेको जनाएको हो । 

पत्रकार सम्मेलनमा निर्माण व्यवसायी महासंघ, कोशी प्रदेशका अध्यक्ष अध्यक्ष जनसेवक भण्डारीले सरकारले तत्काल आवश्यक निर्णय नगरे निर्माण क्षेत्र नै धराशायी हुने बताए । 

यसअघि पनि नीतिगत जटिलताका कारण ठेक्का कार्य सुरु गर्न समस्या भएको भएको अवस्थामा अहिले  मूल्यवृद्धिले अवस्था झन् जटिल बनाएको उनले बताए । 

व्यवसायीहरूका अनुसार पेट्रोलियम पदार्थको बढ्दा सिमेन्ट, डन्डी तथा गिट्टी–बालुवाजस्ता सामग्रीमा २० प्रतिशतसम्म वृद्धि भएको छ । विशेष गरी बिटुमिनको मूल्य शतप्रतिशत बढेपछि सडक निर्माण कार्य प्रभावित भएको छ । 

यस अवस्थाले अधिकांश पूर्वाधार आयोजना ठप्प हुने अवस्थामा पुगेको भन्दै व्यवसायीहरूले तत्काल राहत, मूल्य समायोजन वा म्याद थपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ५ : ५१ बजे

राष्ट्रिय कृषि नीति, २०८३ जारी

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,

एनसेलले ल्यायो मनसुन अफर : प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

काठमाडौं– एनसेलले नयाँ मनसुन अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत

झापाको अर्जुनधारामा धनीपुर्जा वितरणको तयारी

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिकामा भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौं– नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव

काठमाडौंका सडकमा असरल्ल तार (तस्बिरहरू)

काठमाडौं– काठमाडौँका बजार क्षेत्र टेलिफोन, इन्टरनेट र बिजुलीका अव्यवस्थित तारले