गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन सञ्चालनमा « Khabarhub

गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन सञ्चालनमा


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्कीको पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन आइतबारदेखि सञ्चालनमा आएको छ ।  

१५ सैंयाको उक्त अस्पताल भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्दै निरीक्षण समेत गरे । २ वर्ष अघि नै सम्पन्न हुनु पर्ने उक्त अस्पताल भवन रकम अभावका कारण अलपत्र परेपछि गण्डकी प्रदेश सरकारले यसपटक करिब ६ करोड रुपैयाँ बजेट सुनिश्चित गरेर निर्माणको काम सम्पन्न भएको हो ।

नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले आधुनिक अस्पताल भवनबाट बहालवाला प्रहरी एवं पूर्व प्रहरीहरूका परिवारजनले सहज रुपमा स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त अस्पतालबाट प्रहरीका सबै तह र पूर्व प्रहरीका परिवारले समेत उपचारमा सहज हुने हुँदा यस अस्पतालबाट गुण स्तरीय स्वास्थ्य सेवा प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताए ।

अस्पताल उद्घाटनका अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख दिपेन्द्र जिसीले अबका दिनमा प्रहरी सेवामा लागेका सबैलाई भरपर्दो स्वास्थ्य सेवा उपलब्ध हुने धारणा राखे । कार्यक्रममा उत्कृष्ट काम गर्ने प्रहरी र निर्माण कम्पनीका प्राविधिक लाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ६ : ०९ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो