सुकुम्बासी बस्ती : घरमा डोजर चल्यो, झरीले भिजायो जोगाएका लत्ताकपडा « Khabarhub

सुकुम्बासी बस्ती : घरमा डोजर चल्यो, झरीले भिजायो जोगाएका लत्ताकपडा


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरटहरा भत्काइएपछि काठमाडौँ महानगरपालिका–९ गैरीगाउँ–सिनामङ्गलका सुकुम्वासीलाई झरीले झनै दुःख दिएको छ ।

अतिक्रमित बस्ती खाली गरिएपछि बाहिर राखिएका सुकुम्वासीका सरसामान तथा ओड्नेओछ्याउने लुगाकपडादेखि अन्य दैनिक उपभोगका सामग्री भिजाउँदा उनीहरू विचल्लीमा परेका हुन् ।

साँझ परेको वर्षाका कारण सुकुम्वासीले बाहिर खुला चौरमा राखेका खाद्यान्न, ओड्ने–ओछ्याउने लुगाकपडालगायत सरसामान सबै भिजाएको छ।

बस्ती खाली गरिएपछि गैरीगाउँ–सिनामङ्गलमा बसोबास गर्ने अधिकांशलाई डेरा खोज्न कठिन भइरहेको छ भने कतिपयले सामान सुरक्षित राख्न ठाउँ नपाउँदा खुला आकाशमुनि छन् ।

अस्थायी रूपमा चौरमा सामान राख्दा वर्षाले उनीहरूका खाद्यान्न, ओड्ने–ओछ्याउने लुगाकपडालगायत भिजाएको स्थानीयवासी कमल अधिकारीले जानकारी दिए। उनले भने, “धेरैजसो मानिसहरू पहिले नै अन्यत्र गइसकेका छन्, तर कतिपय यही नै बसेका कारण वर्षाले उनीहरूको खाद्यान्न, लुगा र सरसामान सबै भिजायो, अवस्था निकै दयनीय छ ।”

यहाँ बसेका कतिपय सुकुम्वासी सामान लगेर अन्त जानसक्ने हैसियत नभएका र कतिपय काठमाडौँ बाहिरका भएकाले काठमाडौँमा अहिले डेरा नपाएका कारण सामान यही राखेर डेरा खोजेपछि केही दिनमा जाने तयारीमा रहेका उनको भनाइ छ । गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा रहेका सुकुम्वासीका सरसामान शनिबारदेखि आज दिनभरि साना गाडीले ओसार्दा पनि अझै ओसार्न नसकिएको मिनीट्रक चालक दोलखाका किशोर तामाङले बताए ।

हाल भत्काइएको क्षेत्रमै अझै ठूलो परिमाणमा सुकुम्वासीका सामान थुप्रिएको देखिन्छ । ती सामान कुर्न बसेका व्यक्तिसमेत वर्षामा भिज्न बाध्य भएका छन् ।

पर्याप्त त्रिपाल, अस्थायी आश्रय वा सुरक्षित भण्डारणको व्यवस्था नहुँदा उनीहरू थप विचल्लीमा परेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ६ : ५३ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,