खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद « Khabarhub

खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हुम्ला– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोट हुम्लाले चालु आर्थिक वर्षमा ४३ लाख १४ हजार छ सय रुपैयाँ बराबरको स्थानीयले उत्पादन गरेको सिमी खरिद गरेको छ ।
 
कार्यालयका लेखापाल कैलाश ऐडीका अनुसार २३ हजार ९७० किलो सिमी खरिद गरी बिक्रीका लागि सुर्खेत पठाइएको हो । त्यसैगरी सदरमुकाम सिमकोट सडक सञ्जालसँग जोडिएपछि बजारमा पर्याप्त मात्रामा चामल उपलब्ध हुँदा गत वर्षहरूको तुलनामा हाल खाद्य संस्थानको चामलको बिक्री घटेको कार्यालयले जनाएको छ । 

चालु आर्थिक वर्षमा सो कार्यालयले पाँच करोड ७० लाख ७१ हजार ८२१ रुपैयाँ बराबरको चामल, तेल र चिनिए बिक्री गरी सात हजार ९४२ क्विन्टल चामल मौज्दात रहेको कार्यालयका लेखापाल ऐडीले बताए। 

यसैबीच हुम्लाको यारी भन्सार कार्यालय चार महिना पछि सञ्चालनमा आएको छ । नारा लेकको हिउँ पन्छाइसकेपछि सो नाका सञ्चालनमा आएको भन्सार कार्यालय प्रमुख रामराज जैसीले जानकारी दिए । उनका अनुसार गत आव २०८१-०८२ मा उक्त नाकाबाट १७ लाख ५४ हजार राजस्व संकलन भएको थियो । 

उक्त नाका भएर  हुम्लाका युवायुवतीहरू चीनको ताक्लाकोट काम गर्न जानेको सङ्ख्या समेत बढेको कार्यालय प्रमुख जैसीले बताए।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  २ : ५५ बजे

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको