काठमाडौं- लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई चयन गर्ने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई सर्वसम्मत नेता चयन गर्ने निर्णय गरेको हो ।
आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन् । त्यसैगरी पार्टीले प्रमुख सचेतकमा बासना थापालाई चयन गर्ने निर्णय गरेको छ । थापा दैलेख १ बाट निर्वाचित सांसद हुन् ।
त्यस्तै पार्टीले सचेतकमा निष्कल राईलाई चयन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । राई इलाम १ बाट निर्वाचित सांसद हुन् ।
निर्वाचन सम्पन्न भएको झण्डै दुई महिनापछि कांग्रेसले संसदीय दलको नेता पाउन लागेको हो ।



















प्रतिक्रिया