भारत–न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर, शतप्रतिशत भारतीय निर्यात करमुक्त « Khabarhub

भारत–न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर, शतप्रतिशत भारतीय निर्यात करमुक्त


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारत र न्यूजील्याण्डबीच द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि नयाँ युगको सुरुवात भएको छ ।  दुई देशले ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता (एफटिए) मा हस्ताक्षर गरेका छन्, जसले व्यापार, लगानी र रोजगारको क्षेत्रमा आमूल परिवर्तन ल्याउनेछ। 

यो महत्त्वपूर्ण सम्झौतालाई वाणिज्य मन्त्री पीयूष गोयल र उनका न्यूजील्याण्ड समकक्षी टोड म्याकलेको उपस्थितिमा आधिकारिक बनाइएको थियो। यो सम्झौतालाई भारतीय अर्थव्यवस्था र निर्यातकर्ताहरूका लागि विश्व बजारमा ठूलो कूटनीतिक र आर्थिक विजय मानिन्छ।   

यस एफटिएको सबैभन्दा उल्लेखनीय विशेषता यसको गति हो। सन् २०२५ मार्च १६ मा सुरु भएको वार्ता नौ महिनाभित्र सम्पन्न भएको थियो । यो सम्झौता लागू भएसँगै भारतीय सबै उत्पादनहरूमा तत्काल शत प्रतिशत कर मिनाह हुनेछ । बदलामा न्यूजील्याण्डबाट भारत आउने कुनै पनि वस्तुमा कर लाग्ने छैन ।
 
हाल न्यूजिल्याण्डले भारतबाट निर्यात हुने करिब ४५० वस्तुमा १० प्रतिशत कर लगाउने गरेको छ । नयाँ सम्झौता अन्तर्गत यो शुल्क हटाइनेछ, जसले भारतीय कपडा र तयारी पोशाक, छाला उद्योग, टोपी, सेरामिक्स, कार्पेट र सवारी साधन र तिनका पार्टपुर्जाको निर्यातलाई ठूलो बढावा दिनेछ । यसको बदलामा भारतले न्यूजील्याण्डबाट आउने ९५ प्रतिशत सामानमा पनि छुट दिएको छ वा ट्यारिफ घटाएको छ । 

व्यापार सहजीकरणको साथसाथै यस एफटिएको एक प्रमुख स्तम्भ विदेशी लगानी हो। सम्झौता अन्तर्गत न्यूजील्याण्डले आगामी १५ वर्षमा भारतमा २० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। यो लगानी भारतसँग युरोपेली स्वतन्त्र व्यापार सङ्घ (इएफटिए) ले हस्ताक्षर गरेको सम्झौतामा प्रस्तावित १०० अर्ब डलरको लगानी ढाँचाको आधारमा हो।
  
एक महत्त्वपूर्ण रणनीतिक कदममा भारतले आफ्नो संवेदनशील घरेलु कृषि र दुग्ध क्षेत्रलाई यस एफटिएको दायराबाट पूर्ण रूपमा बाहिर राखेको छ। दूध, क्रीम, दही र चीजजस्ता सबै दुग्ध उत्पादनहरू साथै अन्य कृषि उत्पादनहरू आयातबाट छुट दिइएको छैन, जसले गर्दा भारतीय किसान र स्थानीय दुग्ध उद्योगको हितको रक्षा सुनिश्चित भएको छ।  

 विद्यार्थी र पेशेवरका लागि नयाँ ढोका 

आर्थिक मोर्चा बाहेक, यो एफटिए कामकाजी पेशेवर र विद्यार्थीहरूको गतिशीलताको लागि कोशेढुङ्गा साबित हुनेछ ।  
विद्यार्थीहरूलाई राहतः न्यूजील्याण्डले पहिलो पटक विश्वव्यापी रूपमा कुनै देशसँग विद्यार्थी आवागमन र ‘पोस्ट स्टडी वर्क भिसा’को लागि सम्झौता गरेको छ। अब भारतीय विद्यार्थीहरूले अध्ययनको क्रममा प्रति हप्ता २० घण्टासम्म काम गर्न सक्षम हुनेछन् र विस्तारित ‘पोस्ट–स्टडी वर्क भिसा’को लाभ प्राप्त गर्नेछन्। 

उच्च तलब पाउने रोजगारीको खोजीमा रहेका कुशल भारतीय पेशेवरहरूका लागि सम्झौतामा पाँच हजार अस्थायी रोजगार भिसाको विशेष कोटा तय गरिएको छ। यसमार्फत पेशेवरहरूले न्यूजील्याण्डमा तीन वर्ष बस्न र काम गर्न सक्नेछन्। 

सम्झौताले एक विशेष वर्किङ होलिडे भिसा कार्यक्रमको पनि व्यवस्था गरेको छ, जसले एक हजार युवा भारतीयहरूलाई प्रति वर्ष १२ महिनाको लागि न्यूजील्याण्डमा प्रवेश गर्न सहज गराउनेछ । 

भारत र न्यूजील्याण्ड बीचको यो स्वतन्त्र व्यापार सम्झौताले दुवै देशको अर्थव्यवस्थाको लागि अवसरहरू सिर्जना गर्दछ। जबकि भारतका निर्यातकर्ता र कुशल जनशक्तिले प्रत्यक्ष लाभ उठाउनेछ, न्यूजील्याण्डले विशाल र उदीयमान बजारमा सहज पहुँच पाउनेछ। महत्त्वपूर्ण क्षेत्रहरू (जस्तै डेरी) लाई सुरक्षित गर्दै विदेशी लगानी आकर्षित गर्ने यो नीतिले भारतलाई भविष्यमा विश्वव्यापी आपूर्ति शृङ्खलामा एक बलियो र भरपर्दो साझेदारको रूपमा स्थान दिनेछ। 

सम्झौताबारे वाणिज्यमन्त्रीको भनाइ 

भारत–न्यूजील्याण्ड मुक्त व्यापार सम्झौतामा हस्ताक्षर गर्ने क्रममा केन्द्रीय वाणिज्य र उद्योग मन्त्री पीयूष गोयलले भने, ‘हामी विश्व अर्थतन्त्रको पुनर्संरचना भइरहेको यस्तो समयमा बैठक गरेका छौँ । विश्व अर्थतन्त्रको पुनर्संरचना भइरहेका, सीमाहरू पुनः कोरिरहेको र राष्ट्रहरूले आफ्ना साझेदारहरू छानिरहेको समयमा आफ्नो भविष्यको बाटो तय गरिरहेका छन्।’

उनले भने, ‘यो बदलिँदो युगमा भारत र न्यूजील्याण्डले एक अर्कालाई रोजेका छन्। भारत–न्यूजील्याण्ड स्वतन्त्र व्यापार सम्झौता नौ महिजाको छोटो अवधिमा सम्पन्न भएको छ । यो गतिले हाम्रा देशहरूबीचको गहिरो विश्वास र साझा महत्वाकांक्षालाई प्रतिबिम्बित गर्दछ।’

उनले थपे, ‘यस एफटिएमा हस्ताक्षर विकसित देशहरूसँग भारतको सम्बन्धमा अर्को महत्त्वपूर्ण कोशेढुंगा हो र हामीलाई प्रधानमन्त्री मोदीको ‘विकसित भारत २०४७’ को दृष्टिकोणको नजिक ल्याउँछ। यो पछिल्लो साढे तीन वर्षमा मेरो सातौं एफटिए हो, र दुई थप सम्झौताहरू हुन बाँकी छन्। आगामी केही महिनामा ईयू र अमेरिकासँग सम्झौता हुनेछ।’

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ६ : ४१ बजे

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

आईपीएल : बेंगलुरुका बलर चम्किँदा दिल्ली क्यापिटल्स ७५ रनमै समेटियो

काठमाडौं – आईपीएल २०२६ को ३९औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले

कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज

काठमाडौं- सर्वोच्च अदालतले कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर

वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै

काठमाडाैं । सरकारले मुलुकको समग्र आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको