भारतले बंगलादेशलाई ८ विकेटले हरायो « Khabarhub

भारतले बंगलादेशलाई ८ विकेटले हरायो


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरेलु टोली भारतले बंगलादेशविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा ८ विकेटको जीत निकालेको छ ।

राजकोटमा बिहिबार राति भएको खेलमा भारतले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो ।

बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्य भारतले १५ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतको जीतमा कप्तान रोहित शर्माले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४३ बलमा ६ चौका र ६ छक्का प्रहार गरे । यस्तै शिखर धवनले ३१ रन बनाए ।

श्रेयस आयर २४ रनमा अविजित रहदा लोकेश राहुल ८ रनमा अविजित रहे । बंगलादेशका इमुनुल इस्लामले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

बंगलादेशको लागि मोहमद नाइमले ३६ रन बनाए । यस्तै कप्तान महमदउल्लाह र सौम्य सरकारले समान ३०/३० रन जोडे । लिटोण दास २९ रनमा आउट भए ।

भारतका युजभेन्द्र चाहलले २ विकेट लिए । जितसँगै भारतले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो टी-ट्वान्टीमा भने बंगलादेशले ७ विकेटको जित निकालेको थियो ।

अब अन्तिम तथा निर्णायक टी-ट्वान्टी आइतबार नागपुरमा हुनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ७ : ०५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको