मलेसियामा एक नेपालीको मृत्यु « Khabarhub

मलेसियामा एक नेपालीको मृत्यु


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ ।

मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ ।

यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरिएको छ । दुई वर्षअगाडि यादव रोजगारीको सिलसिलामा मलेसिया गएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ८ : ११ बजे

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार

अल्लु अर्जुनसँगै ‘पुष्पा ३ : द र्‍याम्पेज’ मा सलमान खान पनि

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा फ्रेन्चाइजीले दर्शकहरूको मन