वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षका लागि दरखास्त आह्वान « Khabarhub

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षका लागि दरखास्त आह्वान


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । 

मन्त्रालयले वैशाख १५ गते सूचना प्रकाशित गर्दै अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क) बमोजिम योग्य उम्मेदवारबाट आवेदन मागेको हो ।

मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि इच्छुक उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ । 

साथै, क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको अनुभव वा स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव प्राप्त वरिष्ठ चिकित्सक हुनुपर्ने योग्यता तोकिएको छ ।

सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दरखास्त पेस गर्नुपर्नेछ । 

आवेदनसँगै निवेदन, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, स्वघोषणा पत्र, शैक्षिक योग्यताका प्रमाणित कागजात, सम्बन्धित क्षेत्रमा कार्य गरेको अनुभव खुल्ने संस्थागत प्रमाणित कागजात तथा नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  १२ : १० बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा