पालिकाबाटै स्थायी लेखा नम्बर वितरण « Khabarhub

पालिकाबाटै स्थायी लेखा नम्बर वितरण


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– आन्तरिक राजस्व कार्यालय बागलुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान कार्ड) वितरण गर्न थालेको छ ।  उक्त कार्यालयको समन्वयमा यहाँको गलकोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाले समेत प्यान कार्ड वितरण गर्न थालेको हो । 

गलकोट नगरपालिकाका सूचना अधिकारी राजु शाहनीले आन्तरिक राजस्व कार्यालयबाट दिँदै आएको प्यान कार्ड अब नगरपालिकाबाटै वितरण गर्न थालिएको जानकारी दिए । 

उनका अनुसार व्यक्तिगत प्यान कार्डका लागि अनलाइनमार्फत फाराम भरी ‘सबमिसन नम्बर’का आधारमा प्यान लिन सक्नेछन् । यसैगरी, व्यावसायिक कार्डका लागि व्यवसाय दर्ता प्रमाणपत्र, सञ्चालकको नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी पुर्जा, भाडा सम्झौता तथा सम्बन्धित वडा कार्यालयको सिफारिस आवश्यक पर्नेछ ।

आन्तरिक राजस्व कार्यालय प्रमुख कपिल सिलवालले पालिकाबाटै प्यान कार्ड जारी गर्ने व्यवस्था मिलाउन सुरु भएको, हाल गलकोट र  बेनी नगरपालिकाबाट सेवा सुरु भइसकेको बताए। हाल कर चुक्तालगायत विभिन्न सेवा अनलाइनबाटै उपलब्ध गराइँदै र अब प्यान कार्डसम्बन्धी सेवा पनि जिल्लाका सबै स्थानीय तहमा विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए । 

स्थानीयस्तरबाटै कार्ड पाउन थालेपछि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । गलकोटबाटै उक्त कार्ड प्राप्त गरेकी ताराखोला गाउँपालिका–४ की माया घर्तीले यस सेवाले जिल्ला सदरमुकाम पुग्दा लाग्ने समय र खर्च दुवै बचत भएको बताए।
 

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ५ : २८ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम