जेन-जी मुभमेन्टले राष्ट्रपतिलाई भन्यो : संसद् जीवितै छ, अध्यादेश अस्वीकृत गर्नुस् « Khabarhub

जेन-जी मुभमेन्टले राष्ट्रपतिलाई भन्यो : संसद् जीवितै छ, अध्यादेश अस्वीकृत गर्नुस्


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी मुभमेन्ट नेपाल ले प्रस्तुत अध्यादेश अस्वीकृत गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहले मंगलबार शीतल निवासलाई सम्बोधन गर्दै पठाएको पत्रमा हालै प्रतिनिधिसभा निर्वाचनबाट प्राप्त जनादेशको सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ। पत्रमा अध्यादेशमार्फत् शासन चलाउने प्रयास लोकतान्त्रिक प्रक्रियाविपरीत हुने तर्क गरिएको छ।

‘अध्यादेश आपतकालीन उपाय हो, नियमित शासनको विकल्प होइन,’ पत्रमा संसद् सक्रिय रहेको अवस्थामा कार्यपालिकाले विधायिकालाई बाइपास गर्नु शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुने बताइएको छ।

मुभमेन्टले संवैधानिक परिषद्को प्रयोगबाट न्यायपालिकामा प्रभाव पार्ने सम्भावनाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेको छ।

त्यसैले राष्ट्रपतिले अध्यादेश स्वीकृत नग1री पुनर्विचारका लागि फिर्ता पठाउनुपर्ने माग गरिएको छ। यसरी अध्यादेश अस्वीकृत गरिए संस्थागत सन्तुलन कायम रहनुका साथै जनविश्वास मजबुत हुने मुभमेन्टको धारणा छ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ७ : १३ बजे

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

गण्डकी– गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई