रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन् ।
आठबिसकोट–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग १ च ५२१३ नम्बरको जिप वडा नं ९ को सुन्दरपानीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
सडकको भित्तामा ठोक्किएर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए । उनका अनुसार दुर्घटनापछि चालक सानीभेरि गाउँपालिका–४ का २६ वर्षीय नरेन्द्र विक फरार छन् । उनीको खोजी जारी छ ।
घाइतेहरूको नगर अस्पताल राडीमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा आठबिसकोट नगरपालिका–१० की ४५ वर्षीया जसि दमाई, वडा नम्बर ८ का १६ वर्षीय भूपेन्द्र सत्याल, सोही ठाउँका २३ वर्षीय महेन्द्र गैरे, वडा नम्बर १० की ५९ वर्षीया धनकुमारी सार्की, वडा नम्बर ८ की २६ वर्षीया नन्दकली पुन र सोही वडाका २५ वर्षीय पूर्णबहादुर सार्की रहेको प्रहरी निरीक्षक परियारले जानकारी दिए ।
आठबिसकोट नगरपालिका–९ की ३५ वर्षीया सुशीला नेपाली, वडा नम्बर ८ का ११ वर्षीय ओमप्रकाश घर्ती, वडा नम्बर १० की ६२ वर्षीया कैली नेपाली, वडा नम्बर ८ की ६० वर्षीया मीना घर्ती, सोही वडाका ६१ वर्षीय मनबहादुर बस्याल र वडा नम्बर १० की १७ बर्षीया सीता विक पनि घाइते भएका छन् । घाइतेमध्ये जसि, भूपेन्द्र र महेन्द्रको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।













प्रतिक्रिया