सञ्चारमन्त्रीको एक महिना : ११ हजार सट्टेबाजी एप बन्द « Khabarhub

सञ्चारमन्त्रीको एक महिना : ११ हजार सट्टेबाजी एप बन्द


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको १०० बुँदे शासकीय सुधारको कार्यसूची अन्तर्गत एक महिनामा भएका उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै राहदानी घरमै पुर्‍याउने सेवादेखि दूरसञ्चार सेवामा गरिएका सुधारसम्मका विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले ११ हजारभन्दा बढी सट्टेबाजी एप र वेबसाइट नेपाल दूरसञ्चार प्राधिकरणमार्फत बन्द गरेको जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार यातायात व्यवस्था विभागबाट तथ्याङ्क प्राप्त भएको २४ घण्टाभित्रै सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) छपाई गरी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ । सम्झौता बमोजिम १२ लाख थान लाइसेन्स छपाई सकिएको र थप १७ लाख थान असार मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ । यस्तै, ३० लाख थान हुलाक टिकटसमेत छपाई गरी हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

हुलाक सेवालाई ‘सरकारी कुरियर’ का रूपमा विकास गरी राहदानी घरमै पुर्‍याउने कार्य सुरु भएको छ । हाल कालिकोट, सिन्धुपाल्चोक, बाँके, कास्की, सुनसरी, मकवानपुर, म्याग्दी, सिरहा, डडेल्धुरा र गुल्मीमा यो सेवा सुरु भइसकेको छ भने गोरखा, सङ्खुवासभा, सिन्धुली र सप्तरीमा विस्तारको प्रक्रिया अघि बढेको छ ।

नेपाल टेलिकमका प्रिपेड प्रयोगकर्ताका लागि सबै प्याकेजको अवधि २८ दिनबाट बढाएर ३० दिन पुर्‍याइएको छ । डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने ‘पे एज यु गो’ प्रणालीमा सुधार गरी ग्राहकलाई रोज्न पाउने सुविधा दिइएको छ । यस्तै, ९० प्रतिशत डाटा खपत भएपछि अनिवार्य पूर्व–सूचना दिने र ५जी विस्तारका लागि फ्रिक्वेन्सी खुला गर्ने निर्णय मन्त्रालयले गरेको छ ।

डिजिटल सुरक्षा र एपमा सुधार
नागरिक एपको नयाँ संस्करण मार्फत प्रहरी प्रतिवेदन, इन्जिनियरिङ काउन्सिलको प्रमाणपत्र र लोक सेवाको प्रवेशपत्र डाउनलोड गर्ने सुविधा थपिएको छ । सुरक्षाका दृष्टिले ११ हजारभन्दा बढी सट्टेबाजी एप र वेबसाइटहरू नेपाल दूरसञ्चार प्राधिकरणमार्फत बन्द गरिएको छ ।

मन्त्रालय र मातहतका निकायमा प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न ‘शून्य बाँकी फाइल सप्ताह’ सञ्चालन गरेको छ । कर्मचारी आचारसंहिता लागू गरी ७ दिनभित्र प्रमुख १० कार्यको कार्ययोजना तयार गर्ने प्रणाली सुरु गरिएको छ । साथै, रेडियो नेपालबाट आठपहरिया राई र मुडियारी भाषामा कार्यक्रम प्रसारण सुरु गरी समावेशी सञ्चारलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ९ : ५६ बजे

चार्ल्स तृतीय र ट्रम्पबीच भेट, अमेरिका–बेलायत सम्बन्धमा जोड

एजेन्सी– इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स

सांसदहरूलाई रास्वपाको निर्देशन : आफूलाई माननीय नभन्‍नू, कागजातमा पनि नलेख्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै सांसदहरूलाई कुनै

१५ दिनमा छ सय सोह्र विपद्का घटना : ३४ जनाको मृत्यु

काठमाडौं– विगत १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २६ अर्ब

चौबीस घण्टामा दुई हजार ७२२ जना सवारी चालक कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार ७२२