मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक « Khabarhub

मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गोरखा– प्रसिद्ध पर्यटकीय क्षेत्र मनासलुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् । यस क्षेत्रको व्यवस्थापनको जिम्मा लिएको मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार गत वर्ष २०८२ मा करिब १५ हजार जना पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन् ।

विदेशी र स्वदेशी गरी १४ हजार ८९९ जना पर्यटकले यस वर्ष मनासलु आरोहण गरेका एमक्यापका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए । 

‘२०८१ सालमा १० हजार ४२३ जनाले मनासलु भ्रमण गरेका थिए । २०८१ को तुलनामा २०८२ मा चार हजार ४७६ जना पर्यटकको सङ्ख्या वृद्धि भएको छ’, उनले भने, ‘हरेक महिनाको पर्यटक सङ्ख्या तुलना गर्दा अघिल्लो वर्षभन्दा २०८२ मा बढेको देखिन्छ । यसले मनासलु क्षेत्रको पर्यटन सुधार भएको सङ्केत गर्दछ ।’

वैशाख, जेठ, असोज र कात्तिक महिनामा सबैभन्दा धेरै पर्यटक आएका एमक्यापले जनाएको छ । असार, साउन र माघजस्ता बेमौसमका महिनामा पनि पर्यटक सङ्ख्या उल्लेखनीय वृद्धि भएको देखिएको ओझाको भनाइ छ । 

अन्य सबै महिनामा वृद्धि भए पनि चैत महिनामा भने पर्यटक सङ्ख्या घटेको देखिन्छ । अमेरिका, इजरायल, इरान तथा अरवी मुलुकहरूमा विद्यमान युद्ध बढ्दो तनावका कारण विश्वव्यापी पर्यटन प्रभावित भएको एमक्यापको निष्कर्ष छ । 
 

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ७ : १६ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्