मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा « Khabarhub

मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को संयुक्त आयोजनामा मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम गरी मनाउन लागिएको हो ।

दुई संस्थाले बिहीबार संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा आठ हजार १६३ मिटर उचाइको मनास्लु र आठ हजार ५१६ मिटर उचाइको ल्होत्से आरोहणको ७० वर्षको अवसरमा ‘प्लाटिनम जुबिली’ मनाउन लागेको जानकारी दिइएको हो।

पत्रकार सम्मेलनमा पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम मनाउन लागिएको बताए । “मनास्लु क्षेत्रको चुमनुब्री र ल्होत्से क्षेत्रको खुम्बुमा केन्द्रित भएर संयुक्त कार्यक्रम सञ्चालन गरिनेछ”, उनले भने ।

एनएमएका अध्यक्ष फुरगेल्जे शेर्पाले ‘प्लाटिनम जुबिली’ नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताए । मनास्लु र ल्होत्सेको पहिलो आरोहणले नेपाल, जापान र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

कार्यक्रमअन्तर्गत अन्तरराष्ट्रिय पर्वत सङ्ग्रहालयमा मनास्लु हिमालको ‘थ्रिडी मोडेल’ उद्घाटन गरिने अध्यक्ष शेर्पाले बताए ।गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले मनास्लु हिमालका पहिलो आरोहीको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको बताए । उक्त प्रतिमालाई ‘मनास्लु डे’ का अवसरमा अनावरण गरिने उनले जानकारी दिए ।

सन् १९५६ मा मनास्लु र ल्होत्से दुवै हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको थियो । मनास्लु हिमाल सन् १९५६ मे ९ मा जापानी अभियान टोलीसँगै नेपाली आरोही उर्केन छिरिङ शेर्पाले सफल आरोहण गरेका थिए । ल्होत्से हिमाल स्विस पर्वतारोही अन्स्र्ट राइस र फ्रिट्ज लुक्सिङ्गरले पहिलो पटक आरोहण गरेका हुन्।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ५ : ५३ बजे

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित