सचिवालय बैठक– अधिकारीको निधनमा पार्टीको झण्डा आधा झुकाउने निर्णय « Khabarhub

सचिवालय बैठक– अधिकारीको निधनमा पार्टीको झण्डा आधा झुकाउने निर्णय


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाको सचिवालय बैठक सकिएको छ ।

बैठकले पार्टी नेता भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले नेता अधिकारीको शोकमा आइतबार देशभरको पार्टी कार्यालयमा उनको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी कार्यालयहरुमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय सचिवायल बैठकले गरेको छ ।

२३ गते रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभामा भरतमोहन अधिकारीलाई पनि श्रद्धाञ्जली दिने कार्यक्रम संयुक्त  रुपमा गर्ने निर्णय सचिवालयले गरेको छ ।

पूर्व अर्थमन्त्रीसमेत रहेका अधिकारीको उपचारका क्रममा आइतबार राति निधन भएको थियो ।

अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि नेकपाको पार्टी कार्यालय धुम्बराहीमा राखिएको छ । अधिकारीलाई अन्तिम श्रद्धान्जली दिनका लागि नेकपाका नेता कार्यकर्ता धुम्बाराही पुगको छन् ।अधिकारीको आजै अन्त्येष्टि गरिने छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ९ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै