सांसद रिमा विश्वकर्माको प्रश्न: जाहेरी नै दर्ता नभएपछि जनताले न्याय कसरी पाउँछन् सरकार ? « Khabarhub

सांसद रिमा विश्वकर्माको प्रश्न: जाहेरी नै दर्ता नभएपछि जनताले न्याय कसरी पाउँछन् सरकार ?


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले पीडितको जाहेरी समेत दर्ता नगरेर सरकारले न्यायको ढोका बन्द गरेको आरोप लगाएकी छन्।

सांसद विश्वकर्माले सिन्धुलीमा घटेको एक घटनाको सन्दर्भ जोड्दै प्रहरी र सरकारी वकिलको कार्यालयले किटानी जाहेरी लिन अस्वीकार गरेकोमा आपत्ति जनाइन् । “पीडित परिवारले किटानी जाहेरी दर्ता गर्न खोज्दा सिन्धुली प्रहरी र सरकारी वकिलको कार्यालयले जाहेरी लिन अस्वीकार गरेछ,” उनले फेसबुकमा लेखेकी छन्, “जाहेरी समेत दर्ता नभएपछि जनताले न्याय कसरी पाउँछन् सरकार ?”

उनले कानुनी उपचारको पहिलो खुड्किलो मानिने जाहेरी दर्तामै राज्यका निकायले अवरोध सिर्जना गर्दा नागरिकको राज्यप्रतिको भरोसा टुट्दै गएको बताइन् । दोषीलाई राजनीतिक वा अन्य दबाबका आधारमा संरक्षण नगर्न र तत्काल जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाउन उनले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रहरी हिरासतमा हत्या गरिएका सिन्धुलीका दलित युवा श्रीकृष्ण विकका परिवारले दिएको जाहेरी दर्ता नभएको भन्दै उनले आपत्ति जनाएकी हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ११ : २७ बजे

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार