बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु « Khabarhub

बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकामा बालश्रममुक्त उद्योग घोषणा अभियान थालिएको छ । यसका लागि बालअधिकार संरक्षण र बालश्रम उन्मुलनलाई प्राथमिकता दिँदै नगरपालिकाले बहुपक्षीय सहभागितामा अनुगमन अभियान सुरु गरिसकेको छ । 

नगरभित्र सञ्चालित विभिन्न उद्योगमा बालश्रमको अवस्था बुझ्न नगरपालिकाले प्रारम्भिक चरणको अभियान सञ्चालन गरी उद्योगमा कार्यरत बालबालिकालाई उद्धारसमेत गरेको हो । 

नगरका जनप्रतिनिधि, महिला तथा बालबालिका शाखा, सुरक्षा निकाय, बालअधिकार संरक्षण समिति, बालक्लब एवं बालसञ्जाल, सञ्चारकर्मी तथा सरोकारवाला निकायको संयुक्त टोलीले पहिलो चरणमा वडा नं १ र ४ अन्तर्गत रहेका इँटा उद्योग, सिसा उद्योग, चप्पल कारखाना, बिस्कुट उद्योग, प्लास्टिक तथा ट्याङ्की उद्योगमा स्थलगत अनुगमन गरेको छ ।

अनुगमनका क्रममा बालश्रम नदेखिएका उद्योगलाई ‘बालश्रममुक्त उद्योग’को पहिचान–स्टिकर टाँस गरिएको नगर उपप्रमुख विमला सापकोटा दाहालले जानकारी दिए । उनका अनुसार बालश्रम भेटिएका उद्योगलाई तत्काल सचेत गराइएको छ । यस्तै, १८ वर्षमुनिका बालबालिकालाई श्रममा लगाइएको पाइएमा अभिभावकको जिम्मामा घर फर्काउने र पुनःदोहोरिएमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको नागरपालिकाका उपप्रमुख दाहालले बताए ।

अनुगमनका क्रममा वडा नं १ मा सञ्चालित केही सिसा उद्योग तथा चप्पल कारखानामा भने बालश्रम प्रयोग भएको पाइएपछि सम्बन्धित उद्योग सञ्चालकलाई तत्काल सचेत गराउँदै बालबालिकालाई अभिभावकको जिम्मामा पठाइएको छ । उद्योग सञ्चालकलाई भविष्यमा बालश्रम प्रयोग नगर्ने प्रतिबद्धतासमेत गराइएको उपप्रमुख दाहालले जानकारी दिए । 

उनका अनुसार १ नं वडामा सञ्चालित इँटा उद्योग, वाइन उद्योग, बिस्कुट तथा स्टिल उद्योगमा भने बालश्रम नदेखिएपछि स्टिकर टाँसेर बालश्रममुक्त उद्योग घोषणा गरिएको छ । 

बालबालिकालाई श्रममा लगाउनु कानुनविपरीत भएकाले उनीहरूको भविष्यसँग खेलबाड नगरी उद्योगलाई जिम्मेवार बनाउन र सचेतना फैलाउन यो अभियान सञ्चालन गरिएको दाहालको भनाइ छ । अभियानलाई निरन्तरता दिइने जनाइएको छ । 

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  १ : १३ बजे

डोजर नपुग्दै बाटो लागे धोबी खोलाका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले डोजर लगाउने भएपछि काठमाडौंको बूढानीलकण्ठस्थित

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट

लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा एआइ (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित एक्स–रेमार्फत

अलग्गै कसरतमा शेखर, फरक योजनासहित कांग्रेसभित्र रणनीति बनाउन सक्रिय

काठमाडौं- नेपाली कांग्रेसमा संस्थापन र तत्कालीन सभापति शरेबहादुर देउवा पक्षबीचको

बुद्धका सन्देश व्यवहारमा उतार्न सकेमात्रै दिगो शान्ति सम्भव : राष्ट्रपति पौडेल

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञाको सन्देशलाई