मोदी प्रमुख अतिथि रहने एनएक्सटी समिटमा रेनु दाहाल वक्ता « Khabarhub

मोदी प्रमुख अतिथि रहने एनएक्सटी समिटमा रेनु दाहाल वक्ता


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भरतपुर महानगरपालिकाकी पूर्वप्रमुख रेनु दाहालले भारतमा आयोजना हुने प्रतिष्ठित एनएक्सटी समिट २०२६ मा सम्बोधन गर्ने भएकी छन् ।

उनलाई सम्मानित वक्ताका रूपमा आयोजकले आमन्त्रण गरेका हुन् । भारतको राज्यसभाका सांसद कार्तिकेय शर्माले औपचारिक निमन्त्रणा पत्र पठाउँदै दाहाललाई सम्मेलनमा सहभागी हुन आग्रह गरेका हुन्।

सम्मेलन आगामी मार्च १२, १३ र १४ मा नयाँ दिल्लीस्थित भारत मण्डपमा आयोजना हुने जनाइएको छ।

आयोजकका अनुसार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । उता स्कट मोरिसन सम्मानित अतिथिका रूपमा रहनेछन्। सा

यसका साथै अश्विनी वैश्णव र जितेन्द्र सिंह लगायतका उच्चस्तरीय वक्ताहरूको पनि सहभागिता रहने बताइएको छ।

नीति, शिक्षा, व्यवसाय, राजनीति तथा विज्ञान–प्रविधिका क्षेत्रका विश्वस्तरीय व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यका साथ यो सम्मेलन आयोजना हुन लागेको हो ।

यस सम्मेलनमा ३० भन्दा बढी देशका सांसदहरू तथा हार्वर्ड युनिभर्सिटी, एआईटी, युनिभर्सिटी अफ अक्सफोर्ड, युनिभर्सिटी अफ क्याम्ब्रिज लगायत विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

यसैगरी ‘एनएक्सटी इन साइन्स’ कार्यक्रम प्रसिद्ध भौतिकशास्त्री ब्रैन ग्रेइनसँगको सहकार्यमा आयोजना हुने जनाइएको छ।

आयोजकले यस्ता नेताहरूको उपस्थितिले सम्मेलनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै आगामी संस्करणहरूलाई अझ सशक्त बनाउन सुझावसमेत मागेका छन्।

दुई कार्यकाल भरतपुर महानगरपालिकाको मेयर रहिसकेकी दाहालको यो निमन्त्रणालाई नेपालबाट अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त मान्यताका रूपमा हेरिएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ४ : १३ बजे

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान