सार्वजनिक खरिद अध्यादेश : टेण्डर सूचना पत्रिकामै छाप्नुपर्ने व्यवस्था हट्यो « Khabarhub

सार्वजनिक खरिद अध्यादेश : टेण्डर सूचना पत्रिकामै छाप्नुपर्ने व्यवस्था हट्यो


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले ल्याएको सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेसँगै सार्वजनिक खरिद प्रक्रियामा महत्वपूर्ण परिवर्तन भएको छ।

नयाँ व्यवस्था अनुसार अब सरकारी टेण्डर सूचनाहरू अनिवार्य रूपमा विद्युतीय खरिद प्रणाली (ई–जीपी) मार्फत मात्र प्रकाशन र कार्यान्वयन हुनेछन् । यससँगै टेण्डर सूचना पत्रिकामा अनिवार्य रूपमा छाप्नुपर्ने पुरानो व्यवस्था हटाइएको छ।

सरकारले ईजीपी प्रणालीलाई प्राथमिकता दिँदै सम्पूर्ण सार्वजनिक खरिद प्रक्रियालाई डिजिटल, पारदर्शी र ट्र्याकिङ योग्य बनाउने उद्देश्य राखेको छ। यसले भ्रष्टाचार नियन्त्रण र प्रक्रियागत सहजता बढाउने अपेक्षा गरिएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरेका हुन् ।

सरकारले अन्य केही कानुनसम्बन्धी अध्यादेशहरू पनि सिफारिस गरे पनि तीबारे राष्ट्रपति कार्यालयमा अझै अध्ययन जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ८ : ४४ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी