रोल्पा जीप दुर्घटना अपटेड : मृतकको संख्या २० पुग्यो « Khabarhub

रोल्पा जीप दुर्घटना अपटेड : मृतकको संख्या २० पुग्यो


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

दाङ – रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । उद्धार तथा खोजतलासका क्रममा २० जनाको शव घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी रुकुम पुर्वका सिस्ने गाउँपालिका(५ का ३२ वर्षीय समिर कामी घाइते भएका छन् । उनको आधारभूत जलजला अस्पताल थवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१ सल्याप भन्ने ठाउँमा भिरबाट ८०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख विरेन्द्र विश्वकर्मा नेतृत्वको टोली घटनास्थल पुगी उद्धार तथा खोजी कार्यमा खटिएको उनले बताए । भौगोलिक विकटता, वर्षा भइरहेको तथा राति भइसकेकाले खोजी तथा उद्धारमा कठिनाइ भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जीपमा सवार सबै जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने तीर्थयात्री रहेका प्रहरी निरीक्षक थापाले उल्लेख गरे । उनका अनुसार दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन सकेको छैन् ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ९ : ०० बजे

रास्वपा महामन्त्रीमा विपिन आचार्य विजयी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट महामन्त्रीमा विपिन

रास्वपा उपसभापतिमा अशिम र हरि विजयी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीतर्फको परिणाम आएको छ। परिणामअनुसार प्रधानमन्त्री

रास्वपा पदाधिकारी निर्वाचनमा सहभागी भएनन् दुईतिहाइ प्रतिनिधि, खस्यो केबल ३० प्रतिशत मत

काठमाडौं- चितवनमा ६ दिनदेखि जारी पहिलो महाधिवेशनमा प्रतिनिधिको सहभागिता निराशाजक

‘कन्यादानी जाँचले मात्रै बलात्कार पुष्टि गर्दैन’

काठमाडौं- नेपालमा बलात्कारको उजुरी परेपछि सबैभन्दा पहिले पीडितको कन्याजाली जाँच

दुई मिनेट ढिलो हुँदा भोट हाल्न नपाएका प्रतिनिधि धर्नामा बसे (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि जारी पहिलो महाधिवेशनको भद्रगोल