राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल « Khabarhub

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक सुरक्षा, बीमालगायत लोककल्याणकारी सेवाको नीतिगत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका साथै सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै सो आवश्यकता औँल्याएका हुन् । 

गणतान्त्रिक व्यवस्थामा श्रमिक वर्गलाई रोजगारी, सुरक्षा र सम्मानजस्ता आधारभूत पक्षमा राज्यले कुनै कमी हुन नदिन राज्यले सामाजिक सुरक्षा, बीमालगायतका लोककल्याणकारी सेवाको नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘विभिन्न कालखण्डमा भएका सशक्त र सशस्त्र सङ्घर्षमा नेपाली श्रमिक, मजदुरहरूले बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका छन्, किसान, मजदुरसहित सबै उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ, अब यसको सही ढङ्गबाट कार्यान्वयन हुनुपर्ने छ ।’

अध्यक्ष दाहालले श्रमिक दिवसले राज्य र रोजगारदाताहरूलाई मजदुरहरूको पक्षमा काम गर्न र श्रमिक वर्गलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने विश्वास पनि व्यक्त गरेका छन् ।

नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा २०७२ सालमा जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले श्रमलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । 

यसअनुरूप श्रम ऐन, २०७४, रोजगारको हकसम्बन्धी ऐन, २०७५ तथा सामाजिक सुरक्षा ऐन, २०७४ जस्ता कानुनहरूले श्रमिकहरूको हकहित, सुरक्षा र सामाजिक सुरक्षाको व्यवस्था गरेका छन् । तर अझै पनि असङ्गठित क्षेत्र, वैदेशिक रोजगारी तथा नयाँ प्रविधिमा आधारित श्रम क्षेत्रमा काम गर्ने श्रमिकको अधिकार संरक्षणका लागि थप सुधार आवश्यक रहेको अध्यक्ष दाहालले बताए ।

उनले भने, ‘श्रमिकका पक्षमा बनेका कानुन र संविधानप्रदत्त हकको प्रभावकारी कार्यान्वयन गर्नु अहिलेको महत्त्वपूर्ण विषय हो, राज्य र सरोकारवाला निकायले श्रमिकका पक्षमा बनेका कानुन कार्यान्वयन गरेमात्रै यो दिवस मनाउनुको सार्थकता हुनेछ, यसतर्फ सङ्घीय संसद्ले समयानुकूल कानुन निर्माण तथा संशोधन गर्दै श्रमिकमैत्री वातावरण सुदृढ गर्न निरन्तर खबरदारी र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
 

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ७ : ५६ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी