इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने  « Khabarhub

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने 


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ । यससँगै इरानविरुद्ध हाइपरसोनिक मिसाइल प्रयोग गर्ने सम्भावना देखिएको छ। 

अमेरिकाको युनाइटेड स्टेड सेन्टरल कमान्ड (सेन्टकमक) का कमाण्डरले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध सम्भावित सैन्य हमलाका विकल्पहरूबारे जानकारी दिएका छन्। फक्स न्यसजका अनुसार एडमिरल ब्राड कूपरले व्हाइट हाउसको सिचुएसबन रूममा ट्रम्पसँगको बैठकमा ती विकल्पहरू प्रस्तुत गरेका हुन्। 

रिपोर्टअनुसार, यदि ट्रम्पले फेरि हमला गर्ने निर्णय लिन्छन् भने ‘सानो तर अत्यन्त शक्तिशाली हमला’ गर्न सकिने प्रस्ताव गरिएको छ। यस योजनाअन्तर्गत इरानको बाँकी सैन्य शक्ति, नेतृत्व तह तथा महत्वपूर्ण पूर्वाधार (इन्फ्रास्ट्रक्चर) लाई लक्षित गरिन सक्छ। अमेरिकी रक्षा मन्त्रालयले केही नयाँ तथा अत्याधुनिक हतियार प्रयोग गर्ने विषयमा पनि विचार गरिरहेको छ। तीमध्ये ‘डार्क ईगल’ नामक हाइपरसोनिक मिसाइल पनि समावेश छ। 

यो मिसाइल करिब २,००० माइल (झण्डै ३,२०० किलोमिटर) टाढासम्म प्रहार गर्न सक्षम छ र इरानका बाँकी ब्यालिस्टिक मिसाइल लन्चरहरूलाई निशाना बनाउन सक्ने बताइएको छ। यसका साथै B-1B  ल्यान्सर बमवर्षक विमानहरूको उपस्थिति पनि उक्त क्षेत्रमा बढाइँदैछ। यी विमानहरूले ठूलो मात्रामा हतियार बोक्न सक्छन् र हाइपरसोनिक हतियारसमेत प्रयोग गर्न सक्षम छन्।

अमेरिकी नौसेना जहाजहरू पुनः तयारीमा अमेरिकाले आफ्ना नौसेना जहाजहरूलाई पुनः तयारी अवस्थामा राखिरहेको छ। ती जहाजहरूमा इन्धन, खाद्यान्न, हतियार र अन्य आवश्यक सामग्री भरिँदै छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १२ : ४४ बजे

परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

काठमाडौं– नेपाल अहिले पनि विश्वका धेरै मातृ मृत्युदर भएका देशमा

पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम- तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा– उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए नाम

काठमाडौं– काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५०

सुकुम्वासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

काठमाडौं– बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुम्वासीका लागि